मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जापान भूकम्प : ८ जनाको मृत्यु, उद्धार जारी

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । जापानमा सोमबार गएको भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ । अहिले उद्धारकार्य जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

२४ घण्टाको अवधिमा एक सय ५५ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । जापान सरकारले उद्धार राहतलाई तिव्रता दिएको छ । भग्नावशेषमा दबिएका व्यक्तिको खोजी जनाइएको छ । 

प्रहरी र स्थानीय अधिकारीहरूले मंगलबार बिहानै भत्किएका भवनको भग्नावशेषबाट शव निकालिएको जानकारी दिएका छन् । सोमबार दिउँसो जापानमा ७.६ म्याग्निच्युडको प्रारम्भिक भूकम्पले धेरै भवनहरू ध्वस्त पारेको छ भने हजारौं घरहरूमा बिजुली अवरुद्ध भएको छ । 

केही तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी पनि जारी गरिएको छ । भूकम्पले जापानको लामो पश्चिमी तटवर्ती क्षेत्र र छिमेकी दक्षिण कोरियामा करिब १ मिटर अग्लो छालहरू उठाएको थियो ।

यसैगरी, भूकम्पका कारण धावनमार्ग चिरा परेपछि सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तको एउटा स्थानीय विमानस्थल बन्द गरिएको छ ।  सबैभन्दा बढी प्रभावित क्षेत्रका मुख्य सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले उद्धार कार्यमा बाधा पुगेको बताइएको छ । 

जापानको मौसम विज्ञान एजेन्सीले सोमबार सुदूर नोटो प्रायद्वीपमा भूकम्प गएपछि लगातार परकम्पहरू गएकालले आगामी दिनमा अझंै शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएको छ ।

यस्तै, सरकारले सोमबार रातिसम्म मुख्य टापु होन्सुको पश्चिमी तटमा रहेका नौ प्रान्तका ९७ हजारभन्दा बढी मानिसहरूलाई घर छाड्न आदेश दिएको थियो । उनीहरूले खेलकुद हल र विद्यालय व्यायामशालाहरूमा रात बिताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार