कपिलवस्तुको मायादेवी गाउँपालिका–५ स्थित पुरातात्विक क्षेत्र सिसहनिया कोट संरक्षणको पर्खाइमा रहेको छ । यस पुरातात्त्विक स्थल गौचरण र खेलमैदानका रूपमा परिणत हुन थालेको छ । सन् २०१६ मा गरिएको भू–भौतिक सर्वेक्षणले जमिनको सतहमुनि उत्तर–दक्षिण मुख्य मार्गको दुवैतिर इँटाका संरचना र बस्तीका अवशेषहरू रहेको देखाएको थियो ।