मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

रोहिणीमा विभिन्न पार्टी परित्याग गरी १५० जना एमालेमा प्रवेश

Ujyalosandeshonline 12442+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जनाभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले शाखा कमिटीको आयोजनामा भएको एक कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नन्दलाल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि न्यौपाने र लुम्बिनी प्रदेश कमिटी सदस्य एवं रोहिणी इन्चार्ज सञ्जय कुमार गुप्ताले टीका र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी (जसपा) की नेतृ एवम् पूर्ववडा सदस्य दुखानी थारु, प्रदीप यादव, ऋषिराम भर, राजेश यादव, आकाश ठाकुर, किसुन हरिजन, लालचन्द केवट, अनिता हरिजन लगायत रहेका छन् । रोहिणी इन्चार्ज सञ्जय कुमार गुप्ताले सो बारे जानकारी दिनुभएको हो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, प्रदेश कमिटी सल्लाहकार धनेश्वरी चौधरी, जिल्ला कमिटी सदस्य प्रदीप पाण्डे, गणेश यादव, क्षेत्रीय कमिटी सदस्य दिलिपमणि त्रिपाठी र राधेश्याम गुप्ताले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन रोहिणी गाउँ कमिटीका सचिव इमरान खानले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार