मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।  

वाढी पहिरोले चीनसंगको मुख्य व्यापारिक नाकामा सुख्खा वन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्ट्रिक र मालवाहक सवारी साधनलाई बगाएको छ । यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

महासंघले गृह मन्त्रालय र ल्हासास्थित महावाणिज्य दुतावासलाई पनि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । साथै चीन तर्फ फसेका नेपालीहरुको उद्धारका लागि कुटनीतिक पहल गर्न र नेपाल तर्पmको उद्धारका लागि नेपाल सरकारसंग अनुरोध गरेको छ । साथै, बर्षाको समयमा बाढि पहिरोको जोखिम उच्च हुने हुँदा सुरक्षित रही व्यापार व्यवसाय गर्न महासंघ सम्पूर्ण उद्यागी व्यवसायीहरुमा हार्दिक गर्दछ । महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार