मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन

Ujyalosandeshonline 12547+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

काठमाडौं । सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन् । ४१ हजार ५०० क्विन्टल गहुँ खरिदको लक्ष्य राखेर गत चैत तेस्रो सातादेखि खरिद सुरु गर्ने उद्येश्यले खरिद केन्द्र तोकेको सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हाल सम्म गहुँ खरिद गर्न नसकेको हो ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८१÷८२ का लागि प्रतिक्विन्टल गहुँको समर्थन मूल्य ३८ सय ६७ रुपैयाँ तोकेको छ । तर, सरकारले तोकेको भन्दा बजार मूल्य बढी भएपछि किसानले खाद्य कम्पनीलाई गहुँ बिक्री नगरेको कम्पनीकी सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिईन् ।

उनका अनुसार किसानले स्थानिय व्यापारीहरुसँग सरकारको तोकेको मूल्यभन्दा ४÷५ सय रुपैयाँ बढी मूल्यमा गहुँ बिक्री गरेका हुन् । खाद्य कम्पनीले गत चैत तेस्रोसाता देखिनै तराईका विभिन्न ९ जिल्लाबाट गहुँ खरिद गर्ने योजना बनाए पनि सफल हुन नसकेको उनको भनाई छ ।

सरकारले हरेक वर्ष प्रमुख खाद्यान्न बालीको समर्थन मूल्य तोक्ने तर खरिद नगर्ने गरेको भन्दै सरोकारवाला निकायहरुले त्यसको आलोचना समेत गर्दै आएका छन् । सरकारले समर्थन मूल्यमा गहुँ किसानसँग गहुँ खरिद गर्न यसवर्ष १६ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा किसानको उत्पादन बिक्री नभएमा सरकारले खरिद गर्ने हो । तर यसवर्ष त सरकारले तोकेकोभन्दा किसानले बजारमा धेरै मूल्य पाएको बताउँदै सरको लक्ष्य पुरा भएको कम्पनीकी प्रवक्ता न्यौपानेले जानकारी दिईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार