मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

फरार कसुरदार पक्राउ गर्दै रुपन्देही प्रहरी

Ujyalosandeshonline 10996+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

पक्राउ परेका व्यक्तिहरुलाई मंगलबार जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको डीएसपी भट्टले जानकारी दिए ।

को हुन् पक्राउ परेका ६ जना ?

रुपन्देही प्रहरीका अनुसार २०६८ चैत २५ गतेको फैसलाले सवारीज्यान मुद्दामा १० दिन कैद र रु. २ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन् ।

त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने बिष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण.बन्धक मुद्दामा रु. २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारीज्यान मुद्दामा रु.२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ । 

त्यसै गरी २०७५ असार १ को फैसलाले जबरजस्तीकरणी मुद्दामा १ वर्ष कैद र रु. १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु.२५ हजार ५ सय जरिवाना भएका जिल्ला सिद्धार्थनगर–११ बस्ने विरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार