मुख्य समाचार
विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ | बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री | मर्चवार नाकाबाट व्यापक तस्करी, भारतीय सीमावर्ती क्षेत्रमा ४१ बोरा फर्सीको बीउ र पिकअप गाडी नियन्त्रणमा | पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा |

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

Ujyalosandeshonline 12191+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

जानकी (बाँके) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका प्रमुख राजनीतिक दलले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् । निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले बाँके क्षेत्र नं २ मा मतदानलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवाला निकायले १० बुँदे निर्णय गर्दै प्रतिबद्धता जनाएका हुन् ।

निर्णयमा मतदान केन्द्रमा प्रवेश गर्दा मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा सम्बन्धित निकायबाट प्राप्त आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने उल्लेख छ । शारीरिक रूपमा अशक्त, वृद्धवृद्धा तथा दृष्टिविहीन मतदातालाई आवश्यक सहयोग उपलब्ध गराइने व्यवस्था मिलाइने पनि निर्णय गरिएको छ ।

यस्तै, प्रत्येक उम्मेदवारले मतदान प्रतिनिधि नियुक्त गर्न पाउने र सो प्रतिनिधिले आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्र परिसरमा कुनै पनि प्रकारका प्रचारप्रसारजन्य सामग्री, झण्डा, ब्यानर, नारालगायत सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ । बैठकले मतदान केन्द्रमा शान्तिसुरक्षा कायम राख्न सुरक्षाकर्मी परिचालन गरिने, मतदान अधिकृतको निर्देशन पालना गर्न सबै पक्षलाई आग्रह गर्ने तथा मतदानका क्रममा विवाद उत्पन्न भएमा तत्काल छलफल र समन्वयबाट समाधान गर्ने निर्णय गरेको छ । निर्वाचन अधिकृतले सबै मतदातालाई तोकिएको समयभित्र उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार