मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |

मेवा खेतीमा लागेका गागलका किसानले जुस उत्पादन गर्ने

Ujyalosandeshonline 12258+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेका किसानहरू व्यवसायीक मेवा खेतीपछि मेवालगायतका फलफूलको जुस उत्पादनको अभियानमा जुटेका छन् । गागलको टीएमजी एग्रो समूहका २० जना किसान सो अभियानमा लागेका हुन् ।

अभियानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले सहयोग गरेको छ । आयोजनाले १ करोड ४ लाख ८१ हजारको योजना सञ्चालनको लागि किसानहरूलाई ३९ लाख ९९ हजार अनुदान सहयोग गर्ने भएको छ । 

किसानले लगाएको मेवालगायतका फलफूल प्रशोधन भवन निर्माण, उपकरण खरिद, थोपा सिँचाइ र मेवा रोप्नको लागि आयोजनाले सहयोग गर्न लागेको हो । स्थानीय २० जना किसान मिलेर खाँडादेवी–८ को गागालका साथै उदयपुरको कटारी, काभ्रेको पाँचखाल तथा दाङमा समेत सोही समूहमार्फत मेवा खेती लगाएका छन् ।

अहिले गागलमा ३५ रोपनी बढी जमिनमा मेवा खेती भइरहेको छ । यस वर्ष सो क्षेत्रमा थप बिरुवा पनि लगाइएको छ । त्यस्तै कटारीमा १५ रोपनी, पाँचखालमा १४ रोपनी र दाङमा २) रोपनी जमिनमा मेवा लगाइएको छ । पाँचखालमा खेतीको क्षेत्रफल बढाएर १ सय ५) रोपनीमा लगाउने तयारी भइरहेको समूहका सदस्य विजयकुमार लामाले बताए । 

मेवा प्रशोधनको लागि भवन निर्माणको काम सुरु भइसकेको छ । निर्माणको काम सकिने बित्तिकै प्रशोधन गर्ने मेसिन जोडेर जुस उत्पादनको काम सुरु हुनेछ । गागलमा पहिलो पटक दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका जनकलाल तामाङले व्यावसायिक रूपमा मेवा खेती सुरु गरेका थिए । तामाङले लगाएको मेवाबाट राम्रो उत्पादन भएपछि अन्य स्थानीय पनि त्यसमा आकर्षित भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार