मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

विश्वदीप पाण्डेले छाडे नेसपा, माओवादी केन्द्रमा प्रवेश

Ujyalosandeshonline 2393+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरे ।

उनी माओवादीको सशस्त्र युद्धदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए । पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजन भएको थियो । गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरे । तर, त्यो समय पनि विश्वदीप बाबुरामकै पक्षमा साथ दिए । 

पाण्डेले सोमबार बिहान नेसपा पार्टी छोडेको घोषणाको केही घण्टामै माओवादी प्रवेश गरेका छन् ।  नेसपा र माओवादी केन्द्र एक हुनुपर्ने पक्षमा रहेका पाण्डे त्यो सम्भावना नदेखेपछि बाबुरामलाई छोडेर प्रचण्डसँग आइपुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार