मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

हिमपातका कारण अवरुद्ध सडक सन्चालनमा

Ujyalosandeshonline 11768+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ । यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो । तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ ।

मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाईएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए । उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठूलो सहजता भएको छ ।

प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए । सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठूलो राहत मिलेको प्रहरी नायव उपरिक्षक छेदिलाल कामतीले बताए । उनले भने, ‘हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ ।’

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए । सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ । जुम्ला र मुगुका प्रहरी ,प्रशासन,सडकडिभिजन कायालयको पहलमा बन्दा सडकमा २ फुट भन्दा बढि आएको हिउँ पन्छाएर सडक सन्चालनमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार