मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

सरकारले उद्योगी व्यवसायीलाई उत्प्रेरित बनाउनु पर्छ : थापा

Ujyalosandeshonline 12545+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले नेपालको अर्थतन्त्र चलायमान गराउन बढी भन्दा बढी रकम बजारमा पठाउन सुझाव दिएका  छन् ।  

सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाले बिहिबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले अर्थतन्त्र चलायमान बनाउन रकम पठाउनुपर्नेमा जोड दिएका हुन् ।  अहिले मूख्तयाः बजारमा कारोबार बढाउन सुझाव दिदै थापाले यसको लागि बढी रकम पठाउनुपर्नेमा उल्टै सरकारले उद्योगी व्यवसायीलाई कस्दै लगेको आरोप लगाए । “अहिले सरकारले बजारमा बढी भन्दा बढी पैसा बजारमा पठाउनुपर्ने अवश्था छ, तर सरकारले यस्तो बेलामा पनि मुठ्ठी कसेर बसेको छ ।” थापाले भने “निर्माण व्यवसायीलाई दिनु पर्ने पैसा दिदैन उल्टै जसले राजस्व तिरेको छ उसको घाँटी समात्न आउछ ।”

सरकारको यो सोच गलत रहेको बताउदै उनले व्यवसायीलाई उत्साहित बनाउनु पर्ने बताए । व्यवसायीलाई के दिदा सहज हुन्छ सोही अनुसारको वातावरण बनाईदिनुपर्ने उनको जिकिर थियो । उनले राज्य सहजीकरण गर्न नभई नियन्त्रण गर्न बनाएको संयन्त्रले झै काम गरेको आरोप लगाए । “तपाईहरु खराब हुनुहुन्छ, तपाईहरु मुनाफाको पछि लाग्नुभएछ त्यसैले भन्सारमा, करमा गएर ठोक भन्ने सोच बनेको छ ।” थापाले भने “यो राजनैतिक सोच नै हो, कुनै अमुक पार्टीको मात्र हैन ।”

समुदायमा कांग्रेस अन्र्तगत सम्वाद यात्राको क्रममा रहनुभएको थापाले लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहे पनि त्यसबाट फाईदा लिन नसकेको बताए । कार्यक्रमका अधिकांश सहभागीहरुले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालन हुन नसकेको गुनासो गरेका थिए । सो बिषयमा बोल्दै थापाले बिमानस्थल सञ्चालनको लागि नेपाली वायु सेवा कम्पनीहरुलाई दबाब संगै सहुलियत दिनुपर्नेमा जोड दिए । उनले यस बिषयमा थप अनुसन्धान गरि आफु यसमा निरन्तर लाग्ने प्रतिवद्धता जनाए । 

उनले अहिले तिनवटै बिमानस्थलहरुले कुनै एउटै अमुक कम्पनीले सञ्चालन गर्ने बिषयमा बहसलाई मोड्ने प्रयास भईरहेको बताए । उनले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमै नेपालमा सञ्चालित विमानहरु राख्न प्रयास हुनुपर्ने बताउदै आफु यसबारे थप बुझ्ने जानकारी दिए । 

कार्यक्रममा भैरहवा क्षेत्रका उद्योगी व्यवसायीले अन्र्तराष्ट्रिय विमानस्थलको सञ्चालनको साथै बिशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन, एकिकृत जाँच चौकी (आइसीपी) सम्म रेलको सुविधा लगायतका बिषयमा पहल गरिदन आग्रह गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार