मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

जोखिममा पर्ने घरहरुको क्षतीपूर्ती बारे सरकार सकारात्मक छ : मन्त्री दाहाल

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ती दिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर घरको हकमा क्षतीपूर्ती दिने भन्दै जग्गाको विषयमा भने अलि विवाद भइरहेको बताए । 

उनले भने, ‘जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर के गर्ने भनेर निष्कर्ष निकालेका छाँै । त्यसको क्षतीपूर्ती दिने बारेमा हामी एकदमै सकारात्मक छाँै । क्षतीपूर्ती दिनुपर्छ भनेर मानसिकता पनि बनाइसकेको अवस्था छ । घरको हकमा क्षतीपूर्ती दिने कुरा भएको छ तर जग्गाको विषयमा भने अलि विवाद रहेको हुनाले त्यसबारे छलफल गर्दैछौँ ।’ 

उनले सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा प्राविधिक, भूगोल विद्हरुसहितको परामर्श समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेको बताए । 

उनले भने, ‘यसलाई हामीले जसरी भए पनि सफल गर्नुपर्छ । हामीले पहिलो नम्बरमा जनतालाई सम्बोधन गर्नुपर्ने हुन्छ, सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा एउटा समिति, परामर्श समिति भनेर प्राविधिक, भूगोल विद्हरुसहितको समिति बनाएका छौ । त्यो समितिले अध्यन गरेर एउटा प्रतिवेदन बुझाएको छ । त्यो प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेका छौ ।’ 

यसको साथै, पानी सुकेको र सिचाईको व्यवस्थाको सन्दर्भमा सिचाई विभागसँग कुरा गरेर समस्या समाधान गर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार