मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

Ujyalosandeshonline 12457+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो । पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए ।

विहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए । ‘पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्किएको छ,’काफ्लेले भने, ‘दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौ । खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।

नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो । शनिवार देखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थल ले जानकारी दिएको छ । सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार