मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

चुनावको समयमा रिपोर्टिङ उत्साह जनक भए पनि परिणाम चिन्ता जनक छ : महासचिव पोखरेल

Ujyalosandeshonline 12444+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

काठमाडौं । नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ । केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो ।

विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन् ।

दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन् । उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन् ।

उनले भने, ‘विगतमा गठबन्धनसँग लडेको पार्टीले प्राप्त गरेको सफलता र अलग अलग लड्दाखेरी प्राप्त गर्नुपर्ने सफलताको सन्र्दभको कुरा गर्दा खेरी आज हामीले जे परिणाम प्राप्त गरेका छौं त्यो अत्यन्त चिन्ताजनक छ । त्यसमाथी प्रदेशका हिसावले हेर्ने हो भने पनि एक प्रकारले मतहरुको स्थिती हेर्ने हो भने पनि विगतका वर्षहरुमा गठबन्धन हुँदाखेरी उनीहरुले छोडेको सिटलाई समेत समायोजन गरिकन मत विश्लेषण गर्न सकिन्छ । तर चुनावका बेला साथिहरुले जुन प्रकारको रिपोर्टिङ गर्नुभएको थियो त्यो उत्साहजनक थियो भने मतपरिणाममा त्यो भन्दा भिन्नै छ ।’

साथै, उनले देशलाई समृद्घिका आधारमा अगाडि बढाउने हो भने पनि त्यो जनतासामू राम्रो सन्देश पुग्न नसकेको बताए । उनले देशलाई समृद्घिका आधारमा अगाडि बढाउनका लागि साना साना राजनीतिक दलहरु नभएर बलियो राजनीतिक दलहरु मिल्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार