मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देही प्रहरीद्वारा १३ लाख बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 11540+ समाचार ( )
२८ पौष २०८२, सोमबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली गरेर ल्याइएका मोबाइलका पार्टपुर्जा र एउटा भारतीय मोटरसाइकल गरी करिब १३ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले गस्तीका क्रममा बुटवल–९ ईटाभट्टी क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको युपी ५६ एन ६९२५ नम्बरको मोटरसाइकल जाँच गर्दा ४ हजार थान मोबाइल प्राइभेसी ग्लास फेला पारेको हो।

बरामद गरिएका १२ लाख बराबरको प्राइभेसी ग्लास र १ लाख मूल्य बराबरको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए। आसन्न निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी बढाइएपछि भन्सार छली र अवैध गतिविधि विरुद्ध रुपन्देही प्रहरीले कारबाहीलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार