मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

श्रीलंकन पूर्वराष्ट्रपती विक्रमासिंघेद्धारा लुम्बिनी भ्रमण

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ पौष २०८१, शनिबार

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपती तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् ।

पूर्वराष्ट्रपती विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलिपसिंह राई, विकास लामाले खादाले स्वागत गरेका थिए । परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गरेका थिए । उनले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरे  ।

श्रीलका बुद्धिष्ट देश भएकाले पूर्वराष्ट्रपतीले लुम्बिनीको रुचीपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । उक्त अवसरमा कोषका तर्फबाट राजदूत पूर्व राष्ट्रपती विक्रमासिंघलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । निजि भ्रमणमा आएका उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरुको समेत भ्रमण गर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार