मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

Ujyalosandeshonline 12334+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको कुशीनगर जिल्ला, रामकोला गाउँका २५ वर्षीय विजय चौहान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौहानको भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ बस्ने ३६ वर्षीय कमल राना घाइते भएका छन् । उनीहरू दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भारतीय नम्बर प्लेटको युपी ५७ बिपी ४१६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार