मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक

Ujyalosandeshonline 12547+ समाचार ( )
१३ जेठ २०८३, बुधवार

काठमाडौँ । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेदवारको कागजपत्र छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली आज सार्वजनिक गरेको हो ।

विवरणअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४, पोखरा विश्वविद्यालयका लागि ३३, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि १३, कृषि तथा वन विश्वविद्यालयका  लागि १३, मध्यपश्चिम विश्वविद्यालयका लागि १७, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र राजर्षि जनक विश्वविद्यालयका लागि २१ जनाको दरखास्त स्वीकृत भएको छ ।

सबै विश्वविद्यालयका लागि प्राप्त २१८ उम्मेदवारले आवेदन दिएकामा एक सय ९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य भएका हुन् । यी उम्मेदवारले प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।

समितिले गत वैशाख २५ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम इच्छुक तथा योग्य उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको थियो । त्यसअघि नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएका थिए । नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया सुरु भइसकेको छ । रिक्त रहेका पदाधिकारीहरूमा हाल निमित्तको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार