मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

भैरहवामा जारी अन्तरविद्यालय क्रिकेटमा कुँवरवर्ती र होराइजनको जित

Ujyalosandeshonline 12347+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलमा कुँवरवर्ती सेकेन्डरी स्कूल र होराइजन जीवीएस विजयी भएका छन् । कुँवरवर्तीले दीप बोर्डिङ स्कूललाई ४८ रनले हराउँदा होराइजनले बृहष्पति स्कूललाई ५ विकेले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको कुँवरवर्तीले ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल खडा गर्यो । उसका लागि अन्जित क्षेत्रीले ३७, उपेश सेनले ३४, कृष्ण विकले नटआउट २०, रोहन न्यौपानेले १३ र रवि कार्कीले ११ रनको योगदान गरे । बलिङमा दीप बोर्डिङका सचिन पुरीले ३, कृजन गौतमले २ तथा रियोन ढकालले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दीप बोर्डिङले ९ विकेटको नोक्सानीमा ८४ रन मात्रै बनायो । उसका लागि नजिम अलीले ३२ र रियोन ढकालले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरा अंकमा रन बटुल्न सकेनन् । बलिङमा कुँवरवर्तीका अन्जित क्षेत्रीले ३, आरोह विकले २ तथा दीप्सन पौडेल र रन्जित बावियाले १–१ विकेट लिए । अन्जित क्षेत्री प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बृहष्पतिले ८ विकेट गुमाएर ७१ रन बनायो । उसका लागि मिलन मगरले २० र कोशिश ज्ञवालीले १७ रन बनाए । बलिङमा होराइजनका सुनिल लोधले ३, कुशल पौडेलले २ तथा शिवप्रसाद यादव, सहज अर्याल र शान अली मुसलमानले समान १–१ विकेट लिए ।

जवाफमा होराइजनले १३ ओभर ५ बलमा ५ विकेट गुमाएर ७२ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुनिल लोधले २१ र रवि पन्थले अविजित ११ रनको योगदान गरे । बलिङमा बृहष्पतिका प्रेम गुप्ताले ३ तथा अदनान खानले १ विकेट लिए । सुनिल लोध प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स भैरहवाले प्रायोजन गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार