मुख्य समाचार
पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल | पक्लिहवा क्याम्पसको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण | संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप | बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार | सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित | नवलपरासीमा १ करोड १४ लाख बढीको भन्सार छलीको मोबाइल सामाग्री र पिकअप पक्राउ | रोहिणी गाउँपालिकामा प्रहरी-नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न | शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल | सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ |

माडी फाँटमा अब बाह्रै महिना सिंचाइ

Ujyalosandeshonline 12291+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

रामेछाप । रामेछापकै सबैभन्दा धेरै धान खेती हुने फाँट माडी फाँटमा अब बाह्रै महिना सिँचाइको व्यवस्था भएको छ ।

खाँडादेवी गाउँपालिका–४ पकरबासको माडी फाँटलाई सिँचाइ गर्ने भटौली खोलाको पानी हिउँदमा सुक्न लागेपछि केही वर्षदेखि हिउँदमा माडी फाँट सुक्ने गरेको थियो । हिउँदमा लगाइएको मकै बाली सुक्नुको साथै धान रोप्ने बेलामा समेत स्थानीय किसानले खोलाको भल पर्खनु पर्ने बाध्यता थियो ।

जिल्लाकै सबैभन्दा ठुलो र उर्वर फाँटमा सुक्खा लागेपछि लिफ्ट र डिप बोरिङ सञ्चालन गरी बाह्रै महिना सिँचाइको व्यवस्था मिलाइएको छ । कूल ३ सय ७२ घर धुरीको ४२ सय रोपनी खेत भएको माडी फाँटमा अहिले तामाकोसीबाट दुईवटा लिफ्ट तथा भटौली खोलाको एउटा लिफ्टबाट पानी तानिएको छ ।

त्यस्तै, माडी फाँटमा एउटा डिप बोरिङ पनि खनिएको छ । लिफ्ट र बोरिङबाट माडी फाँटको ८) प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्ने खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल बताउँछन् ।

माडी फाँटमा लिफ्ट सिँचाइको लागि स्थानीय सामुदायिक विकास समाज नामक गैरसरकारी संस्थाले निर्माण गरिदिए पनि बिचमा बिग्रिएको ५ सय ९२ मिटर लामो लिफ्ट सिँचाई आयोजना प्रदेश सरकारको सहयोगमा पुनः मर्मत गरेर सञ्चालन गरिएको छ ।

तामाकोसीको पानी माडी मुहानको कुलोमा झारेर सिँचाइको व्यवस्था मिलाइएको छ । त्यस्तै तामाकोसीबाट तानिएको अर्को तामाकोसी लिफ्ट सिँचाइको पानी पनि खेतको सिरानमा र्पुयाएर कुलोमा झरी सिँचाइको व्यवस्था मिलाइएको छ ।

माडी मुहानको नजिकै भटौली खोलामा इनार खनेर त्यहाँको पानी पनि कुलोमा खसाल्ने व्यवस्था मिलाइएको छ ।

यस बाहेक माडी फाँटको बिचमा एउटा डिप बोरिङ समेत खनिएको छ । लिफ्ट र डिपको पानीबाट सिँचाइको व्यवस्था मिलाएपछि जेनेटर लगाएर नदीको महँगो पानी किनेर खेतमा सिँचाइ गर्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन् ।

‘अब किसानलाई महँगोमा पानी किनेर सिँचाइ गर्नुपर्ने बाध्यता हटेको छ, न्यून शुल्क तिरेर खोलामा पानी नभएको बेलामा पनि सिँचाई गर्न सक्ने छन्’, वडाध्यक्ष पौडेलले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार