मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

Ujyalosandeshonline 12347+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

विराटनगर ।  लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । 

बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ । 

ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस्वरूप प्रयोग गरिन्छ । डुबानको प्रत्यक्ष जोखिम नभए पनि सतह लगातार बढिरहेकोले सप्तकोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबिच, जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । तर,कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

थामेले बगायो ५ घर 

यसैबिच लगातारको वर्षाका कारण सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । सोमबार थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा पस्दा पाँच घर पूर्ण रूपमा बगाएको छ भने थप छ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाढीका कारण बिजुलीका पोल भत्किँदा विद्युत् आपूर्ति र सञ्चार सेवा समेत अवरुद्ध भएको छ । हाल पनि अविरल वर्षा भइरहेकोले थप क्षतिको सम्भावना कायमै रहेको र थामे क्षेत्रसहित तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार