मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग

जैसमोहम्मद खान 75+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ नौडिहवाका २० घर परिवारलाई सम्मरीमाई गाँउपालिकाका निर्वतमान अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले जनही ३ हजार आर्थिक सहयोग गरेका छन् । 

बैशाख १४ गते भएको आगोलागीमा नौडिहवाका २० घर प्रभावित भएका थिए । शुक्लले दिएको जानकारी अनुसार नागेन्द्र लोध, अशोक लोध, बैजनाथ लोध, जिलाजित लोध, बालजित लोध लगायत २० परिवारलाई सहयोग गरिएको हो । 

आगलागीबाट उनिहरुको कच्ची घरको साथै पक्की घरमा रहेको समेत अन्न, लत्ता कपडा लगायतका समान जलेका थिए । निर्वतमान पालिका अध्यक्ष शुक्लले अग्नी पिडितहरुलाई पालिकाबाटै राहत प्रदान गरिनुपर्ने माग राखेका छन् ।“तत्काल पिडितहरुको घर निर्माण देखि उनिहरुको दैनिक गुजाराको लागि पालिकाले जनही १ लाख ५० हजार रुपैया राहत प्रदान गर्न जोडदार माग गर्दछु” उनले भने “आगोलागी जस्ता समस्याको दिर्घकालीन समाधानको लागि दमकल खरिद गर्न पनि पालिकाले चासो देखाउनु प¥यो ।”

उनले पिडितहरुको समस्या प्रति स्थानिय सरकार जति तत्पर हुनु पर्ने हो, त्यति नभएको आरोप लगाए । आफुले राहत दिएर अन्य निकायसंग पनि राहतको लागि पहल गर्न उनले आग्रह गरे । 

शुक्लले यस अघि पनि सोही पालिकामा भएको आगलागी पिडितलाई राहत स्वरुप नगद प्रदान गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार