मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

चैत्र १४ देखि नेपाल–भारत संस्कृत सम्मेलन

Ujyalosandeshonline 12206+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । काठमाडौंमा चैत्र १४–१६ गते नेपाल–भारत संस्कृत सम्मेलन हुन गईरहेको छ । नेपाल र भारतका संस्कृतका विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरूको सहकार्यमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन संयोजक डा.प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । 

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली र इन्डिया फाउन्डेशन, नयाँ दिल्ली तीनवटा संस्थाहरूको संयुक्त आयोजनामा यो संस्कृत सम्मेलन हुन गईरहेको हो । 

उनले यस सम्मेलनबाट नेपाल र भारतका संस्कृत सम्बन्धी साझा धारणाहरू निश्चित हुने भन्दै यो ऐतिहासिक संस्कृत सम्मेलन बन्ने विश्वास लिएको बताए । 

नेपालमा वि.सं. २०२४ मा पहिलो पटक दाङमा नेपाल भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यसैगरी दोस्रो पटक २०५१ मा, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा भएका थिए । 

नेपाल तथा भारतका संस्कृतका विशिष्ट विद्वान्हरूले गर्ने आपसी सम्वादबाट संसारको कल्याणका लागि संस्कृतको महत्वपूर्ण भूमिका हुन्छ । साथै आगामी गन्तव्य के कस्तो हुनु पर्दछ भन्ने निर्धारण गर्नु आजको आवश्यकता हो भन्नेमा विद्वान्हरूको एकमत रहेको सन्दर्भमा तीन दिवसीय संस्कृत सम्मेलनको आयोजना गर्ने प्रस्ताव गरिएको छ । 

संस्कृत सम्मेलनको उद्घाटन पहिलो दिन चैत्र १४, २०८० (बुधबार) मा हुने र त्यसपछि दुई दिन विशेषज्ञहरूबाट प्रस्तुतिहरू हुनेछन् । नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपति लगायत अन्य विभिन्न विश्वविद्यालयहरूका उपकुलपति तथा विशिष्ट आचार्यहरूको उपस्थितिमा अनुसन्धानमूलक कृत्तिहरूको प्रस्तुतिकरण हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार