मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त

Ujyalosandeshonline 12696+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानीबाट उक्त रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

मुलुकका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालमा भरतपुर पर्दछ । स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको छ । अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यो अवधिमा १९ लाख ७० हजार ३५२ पटक सेवा दिइएको छ ।

यसबापत अस्पतालले हालसम्म रु तीन अर्ब ४८ करोड छ लाख २० हजार १६२ रकम प्राप्त गरिसकेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको बिमा कार्यक्रममा २४सै घण्टा कर्मचारी बसेर दाबी भुक्तानीको काम गरिरहेका छन् । देशका अन्य अस्पतालहरूबाट समेत स्वास्थ्य बिमा कार्यक्रमको यहाँबाट भइरहेका कामको प्रकृति हेर्न र सिक्न आउने गर्दछन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बिमाको भएका बताउनुभयो । तीसहित सबै बिरामीका लागि एकै दिनमा सेवा दिने गरी सहज व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले पालो कुर्नुपर्ने सेवाहरूमा समय कम गर्दै लगिएको जानकारी दिनुभयो । नगद काउन्टर थप गरिएको, टिकटलाई अनलाइन गरिएको, शल्यक्रियाको पालो घटाउँदै लगिएको, टिकटको समय बढाइएको भन्दै उहाँले अन्य सेवालाई पनि क्रमशः सहज बनाइने बताउनुभयो । देशभरका अस्पतालहरूमा भरतपुर अस्पतालको स्वास्थ्य बिमा योजना नमूना कार्यक्रमका रूपमा लिने गरिएको उहाँको भनाइ छ ।

अस्पतालमा पछिल्लो समय बिरामीको उच्च चाप हुने गरेको छ । बहिरङ्ग (ओपिडी) सेवामा एकै दिन गत मङ्गलबार तीन हजार ७५१ जना बिरामी आएका थिए । जसमध्ये स्वास्थ्य बिमाका मात्रै दुई हजार ९४८ रहेका थिए । यहाँ चितवनसहित २२ जिल्लाबाट नियमित बिरामी आउने गरेका छन् । ठूलो सङ्ख्यामा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार