मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

Ujyalosandeshonline 12547+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा समग्रमा सबै तिरबाट उत्साहजनक प्रतिक्रिया आएको बताएका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको प्रि–बजेट छलफलमा उनले नीति कार्यक्रम उत्साहजनक आएको भन्दै यसले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए । नीतिहरुसँग मेल खाने बजेट र बजेटसँग मेल खाने मौद्रिक नीति आउने प्रतिबद्धता उनले व्यक्त गरे । 

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा धेरै विषयहरु आएका छन् । नीतिगत रुपले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने कुरा नै मुख्य छ । विभिन्न क्षेत्रहरु सम्बोधन गरिएको छ र समग्रमा सबै तिरबाट उत्साहजनक आएको छ भन्ने प्रतिक्रिया प्राप्त गरेका छौ । विगतमा बेला बेला प्रश्न उठाएको जस्तो यसपटक हुदैँन् । नीति तथा कार्यक्रमकै वरिपरिबाट आएका नीतिहरुसँगै मेल खानेगरि बजेट आउछ, त्यसैगरि बजेटसँग मेल खानेगरि मौद्रिक नीतिहरु आउँछ यो हाम्रो छलफलको प्रतिबद्धता हो ।’ 

नियमभित्र बसेर र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गरेको भन्दै निजी क्षेत्रलाई उनले निरुत्साहित नहुन आग्रह गरेका छन् ।

उनले भने, ‘आर्थिक अवस्था सुधार गर्ने, सबैको मनोबल बढाउने, व्यवसाय र उद्याममैत्री वातावरण बनाउने जसले स्वभाविक रुपले यहाँ काम गर्ने वातावरण बन्छ । कुनै क्षेत्र विशेषलाई तार्गेट गरेर सरकारले काम गर्दैन् । यहाँहरु निरुत्साहित हुनुहुदैँन्, हामीलाई पनि दबाब दिनु प्रेरित गर्नु, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध नै छ । बजेटमार्फत पनि यो कुरा देख्नुहुनेछ, नियमभित्र बसेर, यथार्थ धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गर्छौ ।’ 

उनले कृषि क्षेत्रलाई निर्वाहमुखि मात्र नभएर उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘हामीले कृषिलाई आधारभूत जगको रुपमा राखेका छौ । कृषि क्षेत्रलाई पनि निर्वाहमुखि मात्र नभएर यसलाई उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने छौ । त्यसको लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने र आवश्यक नीति ल्याउने कुरामा ध्यान दिने नै छौ ।’ 

बजेट निमार्णमा नेपाल राष्ट्र बैंक, गभर्नरलगायत विभिन्न तहमा पदाधिकारीहरुको सुझाव प्राप्त गरेको भन्दै सरकारले कसैलाई खाका र कसैलाई पाखाको नीति नलिने उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार