मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

डेढसय कर्मचारीसँग विदेशको पिआर, संसदीय समितिमा उजुरी

Ujyalosandeshonline 12463+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । निजामति सेवाका डेढसय कर्मचारीले विदेशको स्थायी बसोबास (पिआर) लिएको दावीका साथ एक जना सहसचिवले उनीहरुमाथि कानूनी कारवाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढसय कर्मचारीको नामनामेसी खुलासा गर्ने अठोट पनि गरिएको सम्बध्द समाचार सूत्रले बताएको छ ।

‘परिवार विदेशमा राख्ने, देशको सूचना बाहिर पठाउने, समाजमा अवैध सम्बन्ध स्थापित गर्ने, विदेश तालिम भ्रमणको निहुँमा परिवार भेट्न जाने, लुटेको धन हुण्डिमार्फत विदेशमा थुपार्ने, यहाँ नाम मात्रको सम्पत्ति विवरण बुझाउने जस्ता क्रियाकलाप गर्ने झण्डै डेढसय कर्मचारी छन्’ भन्दै केही उच्च पदस्थ कर्मचारीको नाम पनि उजुरीमा उल्लेख गरिएको छ । 

वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख सहसचिव रामप्रसाद आचार्य, बीरगञ्ज सुख्खा भन्सारका उपसचिव रामप्रसाद मैनाली, अर्थ मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपाने, अर्थ मन्त्रालयकै सहिसचिव विन्देश्वर लेखक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव विनोद लामिछानेमाथि अनिमित काम गरेको दावी गर्दै कार्बाहीको माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार