मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

Ujyalosandeshonline 12461+ समाचार ( )
५ माघ २०८१, शनिबार

जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।

बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सहिद परिवारलाई थप सेवा सुविधा उपलब्ध गराउन छुट्टै कानुन बनाउन सुझाव दिए ।

प्रदेश सांसद कुमर कान्त झाले अहिले पनि सहिदको सपना पूरा हुन नसकेको बताए । उनले अधिकारको कुरामा अहिलेसम्म विभेद कायमै रहेको धारणा व्यक्त गरे । प्रदेश बनेको ७ वर्ष भइसक्दापनि कर्मचारी व्यवस्थापन गर्ने अधिकार प्रदेश संग नभएकाले सहिदको सपनामा प्रश्न चिन्ह लागेको उनले औंल्याए ।

त्यस्तै,सांसद जिवछी यादवले सहिदहरुको सूचीमा त्रुटी रहेको र केही वास्तवीक सहिदको नाम सूचीमा समावेश गर्न छुटेको बताए । उनले त्यस्ता सूचीमा नाम समावेश हुन छुटेका सहिदहरुको नाम यथासिघ्र समावेश गर्न सुझाव दिए । सांसद यादवे सहिद परिवारका सदस्यहरुलाई राजश्वमा सतप्रतिसत छुटको व्यवस्था गर्न सुझाव दिए ।

त्यस्तै, सांसद श्याम पटेलले सहिद परिवारका सदस्यलाई आजिवन व्यवस्थापन हुने गरि कानुन निर्माण गर्न सुझाव दिए । उनले स्वास्थ्य सुविधा, शिक्षा, यात्रा गर्दा सहिद परिवारलाई निःशुल्क हुने गरी कानुन निर्माण गर्न आवश्यक रहेको औंल्याए।

अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले अन्तरक्रिया कार्यक्रममा आएका सम्पूर्ण सल्लाह सुझावलाई मध्येनजर गर्दै बलिदानी दिवस भव्यताका साथ मनाउनुका साथै सहिद परिवारका सदस्यहरुका लागि थप सेवा सुविधा उपलब्ध गराउने गरी कानुन बनाउने आसवासन दिए । उनले यसमा सम्पूर्ण राजनितिक दल र निकायहरुलाई साथ दिन आग्रह गरे ।

२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ । माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार