मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं : मन्त्री अर्याल

Ujyalosandeshonline 12461+ समाचार ( )
११ मंगशिर २०८२, बिहीबार

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनैपनि हालतमा निर्वाचन गराएर छोड्ने दावी गरेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् । 

उनले भने, ‘अहिले चुनाव हुन्छ कि हुँदैन् भन्ने आशंकाहरु छन् । खासगरी सुरक्षाको हिसाबले बाधाहरु नआएको होइन् आइराखेकै छन् । चुनावको वातावरण बन्ने तर्फ नै गएको छ । सबै दलले दल दर्ता गर्नुभएको छ । सरकारले जसरी पनि चुनाव गर्छ । त्यही ढंगले काम गर्छ । दलिय नभएर यो गैरदलिय सरकार भएकाले हामीले त्यही खालको भूमिका खेल्नुपर्छ । हाम्रो निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व छ ।’ 

त्यस्तै, उनले धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने अवस्थामा रहेको बताए । अहिले कति हतियार बाहिर छन् भन्ने कुरा सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न नमिल्ने बताउँदै उनले फिर्ता नभएकोमा केही जलेको र केही ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरे । 

‘अहिले हतियार बाहिर कति छन् भन्ने कुरा हाम्रो सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न मिल्दैन् । धेरै जस्तो हतियारहरु फिर्ता भइसकेको छन् । फिर्ता नभएकोमा केही जलेको छन् र केही ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्छ ।’ उनले भने,

त्यस्तै, फरार कैदी मध्य गम्भीर अपराधमा संलग्नहरुको संख्या कम भएकाले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा सरकार नरहेको धारणा राखे । ‘हत्यामा संलग्न अंगभंग यस्तो खालको गम्भीर अपराधमा संलग्नहरुको संख्या अलि कम नै छ । लागू औषध र जबरजस्तीकरणीको अलि धेरै छ । त्यसैले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा हामी छैनौं ।’ उनले भने, 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार