मुख्यमन्त्री कप भलिबलको उपाधी गुल्मी लाई

अनिल नेपाली 141+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ। मंगलबार देखि सुरु भएको प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाकाे सहभागीता रहेको थियोे । 

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मीले प्रथम स्थान हासिल गरेको हो भने पाल्पाले दोस्रो स्थानमा हासिल गरेको छ भने तेस्रो स्थानमा नवलपरासी रहँदा अर्घाखाँची भने चौथो स्थानमामा चित्त बुझाउनु परेको छ ।  विजेता बनेको गुल्मीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो।

द्वितीय स्थान प्राप्त गर्ने पाल्पाले ६५ हजार नगद, तृतीय हुने नवलपरासीले ३५ हजार तथा चौथो हुने अर्घाखाँचीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा उत्कृष्ट ६ विधाका खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले  जानकारी दिएका छ्न ।

यसै गरि प्रतियोगिताले प्रदेशस्तरीय खेलाडीहरूको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्। कार्यक्रमकाे समापन लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार मन्त्री भुमेश्वर ढकालले गनु भएको थियोे समापन कार्यक्रममा मन्तब्य राख्दै मन्त्री ढकालले स्वस्थ जीवनयापनसँगै देशको पहिचानको लागि समेत खेल महत्त्वपूर्ण रहेको बताए । खेलले अनुशासन सिकाउँदै प्रतिस्पर्धी भावना जागृत गराउने बताएका थिए भलिबलको उद्घाटन लुम्बिनी प्रदेशका कृषि सहकारी मन्त्री दिनेश पन्थीले गनु भएको थियोे

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार