मुख्य समाचार
अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा | नेपाली गाडीलाई भारत लैजान सीमा नाकाबाटै अनुमति दिने तयारी | एकै दिन कुकुरतिहार र लक्ष्मीपूजा: बिहान कुकुरको पूजा, साँझ दीपावली | नवलपरासीमा भन्सार छलीका अवैध सामान बरामद | काग तिहार र धनवन्तरी जयन्ती आज मनाइँदै | "ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा | सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा |

अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा

Ujyalosandeshonline 12645+ समाचार ( )
२३ कार्तिक २०८३, आइतबार

भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बाईपास चोकबाट प्रहरीले अवैध आईफोनसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेशको महाराजगञ्ज निपनीया बस्ने २६ वर्षका करण चौरसिया र सोही स्थानका १६ वर्षका आकाश चौरसियालाई नियन्त्रणमा लिएको हो ।

निजहरूले युपी ५६ बिएज ७२२९ नम्बरको पल्सर एनएस मोटरसाइकलमा ल्याउँदै गरेको ९ थान आईफोन–१३ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएका आईफोनको अनुमानित मूल्य ४ लाख ५० हजार रूपैयाँ र मोटरसाइकलको मूल्य २ लाख रूपैयाँ गरी जम्मा ६ लाख ५० हजार रूपैयाँ बराबरको सामान रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका दुवै जना र बरामद गरिएका सामग्रीबारे प्रहरीले आवश्यक थप अनुसन्धान कार्य जारी राखेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार