मुख्य समाचार
सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक | अधुरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस | नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल | दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद |
मुख्य समाचार
सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक | अधुरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस | नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल | दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद |


बिमा कम्पनीहरूले जनताको थप विश्वास आर्जन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11435+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जनताको हित रक्षाका लागि बिमालाई प्राथमिकता दिन सकिने भए पनि बिमा कम्पनीहरूले जनताको थप विश्वास आर्जन गर्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आयोजना गरेको ‘प्रदेश सरकार र सरकारी निकायसँग निर्जीव बिमासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिमाप्रति नागरिकको विश्वास बढाउने गरी बिमा कम्पनीहरूले भूमिका बढाउनुपर्नेमा जोड दिए ।

‘बिमाप्रति आम जनताको सकारात्मक धारणा बन्न सकेको छैन । बिमा दावी भुक्तानीमा ढिलासुस्ती हुनुहुँदैन । दायित्व भुक्तानीलाई सहज बनाउनुपर्छ । बिमा संस्थाप्रतिको धारणा अझै सकारात्मक बन्न सकेको छैन । थप विश्वास आर्जन गर्न जरुरी छ,’मुख्यमन्त्री आचार्यले भने–‘प्रदेश सरकारले पशुपंक्षीको बिमा गरेको छ । तर, लम्पीस्किन महामारीका कारण किसानले बिमा रकम पाउन सकेनन् । किसानले भवितव्य पर्दा भुक्तानी नपाएपछि विश्वास आर्जन गर्न सकिएको छैन ।’ कार्यक्रममा बिमालाई जोखिम हस्तान्तरणसँग जोड्नुपर्ने, क्षतिलाई बिमासँग जोडेर सरकारको दायित्व र लगानी घटाउन सकिने कुरामा जोड दिइएको थियो ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडका बजार व्यवस्थापन विभाग प्रमुख हिरा कुमारी बर्तौलाले बिमालाई खर्चको रूपमा मात्रै नभइ जोखिम व्यवस्थापनको आधारका रूपमा हेर्नुपर्ने बताए । उनले निर्जीव बिमामार्फत जनधनको सम्भावित आर्थिक जोखिममा वित्तीय सुरक्षा प्रदान गर्ने, आन्तरिक स्रोत र साधनको परिचालन गरी देशको आर्थिक विकासमा टेवा पुर्याउने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य रहेको स्पष्ट पारे ।

नीतिगत रूपमा घर, सम्पत्ति तथा व्यवसायको अनिवार्य बिमा गर्ने व्यवस्था गरियो भने जोखिम घटाउन सकिने र सहर तथा सहरोन्मुख क्षेत्रका आवासीय घरहरूलाई अनिवार्य बिमाको दायरामा ल्याउनुपर्ने कुरामा समेत जोड दिइएको छ ।

राज्यकोषमाथिको आर्थिक भार न्यूनीकरण गर्न, नेपाल भूकम्पीय र प्राकृतिक विपद्को उच्च जोखिमयुक्त भूगोल भएको देश भएकाले जनमुखी र प्रत्यक्ष लाभ प्राप्त हुने कार्यक्रममार्फत राज्यको उपस्थिति महसुस गराउन तथा नागरिकको आर्थिक स्तर खस्कन नदिन बिमा गर्नुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी प्रदेशमा जोखिमको संवेदनशीलता रहेको उल्लेख गर्दै सामूहिक दुर्घटना बिमा, सम्पत्ति विमा, कृषि, बाली, पशुपंक्षी, जडीबुटी, विद्यार्थी सुरक्षा बिमालगायतका क्षेत्रमा बिमा गर्न सकिने सुझाव दिइएको छ । सामाजिक सुरक्षालाई बिमाले बलियो बनाउने कुरामा पनि जोड दिइएको छ । सर्वसाधारणको घर तथा सम्पत्तिको बिमा, बाढी र भूकम्पबाट सुरक्षाका लागि सामूहिक सम्पत्ति बिमा गर्न सकिने सुझाव कार्यक्रममार्फत प्रस्तुत गरिएको थियो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले राज्यले गर्ने अनिवार्य बिमाहरूलाई राष्ट्रिय बिमा कम्पनीसँग जोड्न जरुरी रहेको बताए । उनले दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा पनि राखे । राष्ट्रिय बिमा बोर्डका सदस्य प्रकाशकुमार अधिकारीले बिमाले नागरिकलाई सुरक्षा प्रदान गर्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ स्थान दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार