मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

संघीय सरकार मातहतको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

Ujyalosandeshonline 12522+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापना गर्ने कार्य भईरहेको बताएका छन् । आईतबार प्रादेशिक आपतकालिन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले कर्णालिको प्राकृतिक विपत्तीमा हुने जोखिम कम गर्न र प्राकृतिक प्रकोप पछिको पुनर्निर्माण, पुर्नस्थापना र राहतका लागि सरकार गम्भीर रहेको बताएका हुन् । 

यसअघि संघीय सरकार मातहत रहेको आपतकालिन गोदामघर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवस्थापन सहित सञ्चालन गर्ने छ । विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदामघर संघीय सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका छन् । 

गोदाम घर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिमको भूगोलमा रहेकोले भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहरजस्ता जोखिममा परेकाहरुको आपतकालिन उद्वार र राहतका लागि प्रभावकारी हुने बताए ।आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गर्नु संघीयता कार्यान्वयनको बिषय भएको पनि गृहमन्त्री लेखकले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्न सात बर्ष लागेको भन्दै भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताए । विपद् जोखिममा रहेको कर्णाली प्रदेशले विभिन्न किसिमका सुरक्षा कार्यक्रम अपनाए पनि विविध जटिलताहरूसँग समान गर्नुपरेको बताए । जग्गा व्यवस्थापनको अधिकार प्रदेशले नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको जानकारी उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार