कञ्चनपुरमा जुवातास खेल्ने १२ जना पक्राउ, ५२ हजारभन्दा बढी नगद बरामद

Ujyalosandeshonline 11236+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा प्रहरीले छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद रु ५२ हजार ८१० र अन्य सामग्रीसमेत बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित नास्ता पसलमा छापा मारेको थियो । त्यहाँ जुवातास खेलिरहेका आठ जनालाई नगद रु ३० हजार ९३५, चार थान मोबाइल फोन र एक थान गलैँचा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

त्यसैगरी, सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको छ । उक्त स्थानबाट नगद रु २१ हजार ८७५, तीन थान मोबाइल फोन र एक थान त्रिपाल बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार