मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |

सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य : गृहमन्त्री अर्याल

Ujyalosandeshonline 11306+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ । मोरङको विराटनगर आज आइपुग्नुभएका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार गृहमन्त्री अर्याल बुधबार हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज त्यहाँ पुग्नुभएको हो । मोरङस्थित बुधनगरमा सन् २०२० देखि सञ्चालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो । अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उहाँको भनाइ छ । 

शान्ति सुरक्षाको प्रत्याभूतिबिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकाले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताउनुभयो । 

एक सय २९ बिघामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकासमेत उहाँले बताउनुभयो । त्यसका लागि गृहमन्त्रालयले अन्तरमन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने उहाँले उल्लेख गर्नुभयो । यस्तै, आजै गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पुःमर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गर्नुभयो । 

सो क्रममा प्रजिअ युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरूबारे स्पष्ट पार्नुभएको थियो । यस्तै, मन्त्री अर्यालले आजै कोभिड–१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गर्नुभयो । हाल यो होल्डिङ सेन्टर खाली अवस्थामा सेनाको निगरानीमा यतिकै खाली अवस्थामा छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार