डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ’

Ujyalosandeshonline 11880+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् । 

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् ।  

उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ?  दुई दिन भित्रमा किन र के कारण, के उदेश्यका लागी सरुवा गरिएको हो । यसको  उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’

साथै उनले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन् ।  उनले  नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेरा भित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए ।  उनले मानव बेचबिखन र हातहतियार सम्बन्धि मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए ।     


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार