मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

टोल सुधार समितिलाई अभिमुखीकरण

Ujyalosandeshonline 12437+ समाचार ( )
५ माघ २०८१, शनिबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका ९ नम्बर वडा कार्यालयले वडामा रहेका टोल सुधार समितिका पदाधिकारीहरुलाई उनिहरुको काम कर्तब्य तथा अधिकारहरु बारे अभिमुखीकरण प्रदान गरेको छ ।

शनिबार उद्योग व्यपार संगठनको सभाहलमा आयोजित कार्यक्रममा वडा अन्र्तगतका ७ वटा टोल सुधार समिति, आमा समूह तथा राजनैतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले टोल सुधार समिति वडा कार्यालयको सहयोगीको रुपमा रहेको र यसले पालिकाले प्रवाह गर्ने सूचना तथा सेवाहरुलाई नगरको घर घर सम्म पु¥याउन सहयनेग गरेको बताए । सिद्धार्थनगर नगर पालिकामै वडा नम्बर ९ टोल सुधार गठन र यिनीहरुको परिचालनको मामिलामा उत्कृष्ट रहेको बताउदै वक्ताहरुले यसले वडाको विभिन्न कामहरु सहज भएको विचार राखे । 

कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले वडामा गठित टोल सुधार समितिहरुकै कारण बिभिन्न कार्यक्रमहरुमा आफुलाई गौरवान्दित हुने मौका मिल्ने गरेको बताए । उनले टोलमा सचेतना फैलाउने काममा समितिका पदाधिकारी तथा सदस्यहरु कुनै प्रकारको झर्को नमानी काम गर्नुपर्ने धारणा राखे । टोल सुधार समितिहरु वडाको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको हुदा यिनिहरुलाई मजबुत बनाउन वडा कार्यालय प्रतिवद्ध रहेको बताए । 

वडा अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा शर्मा, युवराज बराल, सविता हरिजन लगायतले बोलेका थिए । वडा सचिव अब्दुर रसिद पठानको सञ्चालनमा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रमलाई सिद्धार्थ नगर नगर पालिका अधिकृत कमलकान्त खनाल, पूर्व अधिकृत शेखरनाथ पन्थीले सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार