लक्ष्मण पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सदस्य सचिव हुन् । उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यको जिम्मेवारीमापनि छन् । अर्घाखाँचीको छत्र देवमा जन्मिएका उनी नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (एमए) हासिल गरी हाल विद्यावारिधी गरिरहेका छन् । उनी हिन्दु संस्कार, संस्कृति, ज्योतिष शास्त्र एवम वास्तुकलाको पनिगहिरो अध्ययन गरिरहेका छन् । यसै सिलसिलामा हिन्दुहरुको महानपर्व वडादशैंको पूर्वसन्ध्यामा सुरु भएको सोह्र श्राद्ध र आउँदै गरेका चाडपर्वबारे कुराकानी :
सनातनहिन्दुहरुकालागि साउन, भदौ, असोजमाकिन महत्वपूर्ण छन् ?किन यि महिनामा चाडपर्वहरु धेरै पर्ने गर्छन् ?
हिन्दुसंस्कार र संस्कृतिमा विशेषगरी साउनदेखि मंसिरसम्म एकदमै ठूला चाडहरु हिन्दु धर्मा लम्वी हरुले मनाउने गर्छन ।किनकी यो वैज्ञानिक धर्म हो । सुरुमानाग पञ्चमी हुन्छ, जहाँनागलाई शिवजीको गहनाको रुपमा पूजिन्छ । नागलाई पुजा गर्नुको विश्वसनीय वैज्ञानिक आधारहरु छन् । नागलाई मात्र होइन चराहरुलाई पूजा गर्छौं । कागलाई पूजा गर्छौं । गाइलाई सम्पूर्ण चरा चुरुङ्गी जगत सबैलाई पूजागर्दछौं । त्यति मात्र होइन प्रकृतिलाई पनि पूजा गर्छौ।
अब पर्वको कुरा गर्दा नागपञ्चमीबाट सुरु भयो । जनैपूर्णिमा, मातृ सम्मान दिवस,पितृ सम्मान दिवस र लगतै अहिले सोह्रश्राद्ध सुरु हुन्छ ।आश्विनकृष्ण प्रतिपदा देखि आश्विन शुक्लप्रति पदा सम्ममा१६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथतर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्धभनिएको हो । सोह्रश्राद्ध भनेको पितृकार्य गर्ने हो ।
त्यसपछि दुर्गा पक्षसुरु हुन्छ, दुर्गा पूजा गरिन्छ । क्रमशःलक्ष्मीपूजा, भाइपूजा गरिन्छ । मह भनेर आफ्नो शरीरलाई आफैंपूजा गरिन्छ । त्यसैले हिन्दु धर्म एकदमै वैज्ञानिक छ । सबैलाई समानगर्दछ । यो जगत वा ब्रम्हाण्ड रहनको लागि सबैकोउत्तिकै महत्वपूर्ण योगदान छ । त्यसैले सबैको पूजा गर्ने प्रचलनहाम्रो हिन्दु संस्कारमा छ ।
धर्म शास्त्रहरु तिथिप्रधान हुन्छन् । त्यसैले कुनतिथिमा के गर्ने भन्ने हुन्छ । आश्विनकृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यो समयमापितृपक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्वीन शुक्ल पक्षमा चाँही देवीको पूजा गरिन्छ । शक्तिको पूजा गरिन्छ ।त्यसमाविभिन्न देवीका रुपहरु महाकाली, महालक्ष्मी ,महासरस्वतीले जयविजया गरेको दिनलाई पूजा गरिन्छ ।
कार्तिकको कृष्ण पक्षमालक्ष्मीपूजा गरिन्छ । महाकाली, महालक्ष्मीको पूजा गन्छि । हामीलाई जतिनै पितृ सतात्मक भनेता पनिमा तृशक्तिलाई धेरै महत्वको रुपमा अगाडि बढाएको पाइन्छ ।
त्यसपछि लगतै कार्तिक शुक्लपक्ष सुरु हुँदाहुँदै द्धितीया आउँछ ।त्यो भनेको भाइटीकाको पूजा हुन्छ । त्यसैगरी दिदीबहिनीलाई पूजा गरिन्छ । अहिले रक्षाबन्धनमा राखीभन्ने चलनभारतबाट आएको हो ।त्यसमाबहिनीले दाजुभाइलाई बाँध्ने चलनहो । खासगरी रक्षाबन्धनको दिन गर्ने भनेको ऋषितर्पणी, ऋषिहरुको नाममातर्पण दिने,पूजा गर्ने र रक्षाबन्धनधारण गर्ने हो । आफ्नो सुरक्षाको लागि रक्षाकवजको रुपमा रक्षाबन्धनले काम गर्छ भन्ने मान्यता छ । सोहीअनुसार पूजा गरिन्छ, त्यहीभएर पनिहाम्रा चाडपर्वहरु वैज्ञानिक छन् ।
सनातन धर्मशास्त्रले श्राद्धलाई किनमहत्व दिन्छ ?यसकाप्रकारहरु पनि हुन्छन् ?
चाडवाडहरु सुरु भएसँगै देवकार्यहरु सुरु भएकाहुन् ।पूजा गर्नुभन्दा अगाडि पितृकार्यहरुलाई पूजा गर्नुपर्छ भन्ने चलन छ । हिन्दु संस्कार अनुसार कसैको घरमा ठूलो हवन पूजा लगाउँदा पहिला भगवान लाई पूजा गर्नुभन्दा अगाडि पितृहरुलाई पूजा गरिन्छ र श्राद्ध गरिन्छ । पितृलाई खुसी नबनाए सम्म विभिन्न देवीदेवताकाकर्महरु पूरा हुँदैन भनिन्छ । जतिपनि चाडपर्वमा भगवानहरुको पूजा गरिन्छ, त्यो भन्दापहिलापितृहरुको पनि चाड मान्नुपर्छ । पितृहरुको बास चन्द्रमाको शिरमा हुन्छ भनिन्छ । प्रत्येकचन्द्रमासको जुन एक महिना हुन्छ त्यो चन्द्रमास पितृको एक दिन हुन्छ र एक वर्ष १२ दिन हुन्छ । र १२ दिन सकिने वित्तिकै एउटा चन्द्रमासको समय सकिन्छ ।
त्यसपछि कृष्ण पक्ष सुरु हुन्छ । जति पनि पितृकार्य गरिन्छ, कृष्ण पक्षमा गरिन्छ । वितेर गएका पितृहरुले आश गर्ने गर्छन् । पितृपक्षको समयमाआफ्ना सन्तानहरुले कसरी मानिराखेको छन, कत्ति को श्राद्ध गरिराखेका छन् भन्ने हेरिराखेको हुन्छन् । पितृहरुले घरमा कहिले आउँछन् भन्दा जुन दिन वितेर गएको तिथि परेको हुन्छ त्यो तिथिमाउहाँहरु आउनुहुन्छ । श्रद्धाको प्रकारमा यसलाई महालयको श्राद्ध भनेर मानिन्छ ।१५दिनको जुनपितृ पक्ष समय छ यसलाई महालयश्राद्ध भनेर चिनिन्छ । श्राद्धको अर्थ श्रद्धा पनिहो ।
पितृलाई मान्ने चलन अथवा बितेर गएकाहरुको लागिमानिने र सम्मान गर्ने दिनभनेको श्रद्धा गर्ने दिनलाई भनिन्छ । पितृको तिथिको दिनमा नै गर्नुपर्छ ।त्यो तिथिमागर्न मिलेन भने एकादशीमा गर्न सकिन्छ र गर्नैपर्छ । पितृले हेर्छन् र देवताले दिन्छन् । पितृ खुशी भएनन्भने हामीले जीवनमा नै काम सफलतापूर्वक गर्न सक्दैनौ । महालयश्राद्धमासके सम्म हजुरबुबाको तिथिमा गर्ने, त्यसपछि बुबाको तिथिमा गर्ने चलन छ । तर खास बुबाको तिथिमा नै गर्दा पितृहरुले तर्पण पाउँछन् भन्ने चलन छ । पितृहरुलाई खुशीबनाउनको लागिबचनहरु एकदमै मिलाउनुपर्ने हुन्छ ।
यो श्राद्ध एकै दिन र एकै ठाँउमा गर्नुपर्छ भन्ने छ, यस्तो किन गरिन्छ ?
मृत्यु कुनदिनभएको हो त्यसको तिथिको दिनमा नै श्राद्ध गरिन्छ । यसमा फेरि पिताहरुको मात्रतिथि जोडिन्छ, माताहरुको जाडिदैँन् । पिताको तिथिको दिनमा सबैको श्राद्ध गर्ने चलन छ । त्यो दिनमा गर्न पाएन छुट्यो भने त्यसलगत्तै एकादशीतिथि पर्छ भने त्यो दिन गर्ने हो । त्यो पनि सकिएनभने आमा औंशी तिथिमा गर्न सकिन्छ ।
तपाइँ नेपाल पञ्चाङ्ग निर्णय विकास समिति सदस्यपनि हुनुहुन्छ । विकास समितिले यतिबेला के काम गरिरहेको छ ?
नेपालको विशेषगरीपञ्चांग निर्णायकविकास समितिभनेको नेपाल सरकार एक मात्र जोतिषअथवा धर्मशास्त्रलाई आधार मान्ने संस्कृती, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयअन्तरगतपञ्चांग निर्णायकविकास समिति पर्छ । यसले पञ्चांगहरु प्रकाशन गर्छ । तिथिहरुको निर्क्योल गर्छ, मूहूर्त, साइत, तिथिहरु पनि निर्णय गर्नेगर्छ । विभिन्न समयमाआउने चाडपर्वहरुको पनि निर्णय गर्छ ।
यो धेरै महत्वपूर्ण संस्थाहो तर पछि परेको छ । राज्यले यसलाई हेर्ने दृष्टिकोण फरक छ । राज्यको निकायकै व्यक्तिभएर मैंले भन्न सुहाउँछ कि सुहाउँदैन् तर धर्मशास्त्र र ज्योतिषसँग सम्बन्धित कुराहरु धेरै यसमा पर्छन । नेपाल सरकारले सार्वजनिकविदादिने कुरामा पनि कुन कुन दिन विदा दिने भनेर हामीसँग सल्लाह गर्नुपर्छ । यो दिन यस्तो तिथि छ, दिवस छ भनेर सबै खालका निर्णय गर्ने यही समितिले हो ।
समितिले गर्ने निर्णय एकदम आधिकारिक हुन्छन् । यतिकै हचुवातालमा निर्णय गर्दैन् । विभिन्न सम्बन्धित क्षेत्रकाविद्वानहरुसँग बसेर निर्णय गर्ने गरिन्छ । नेपालमा १५ जनापञ्चांगकार हुनुहुन्छ, उहाँहरुले निकालेको पञ्चांगहरु नेपालपञ्चांग निर्णायकविकास समितिले स्वीकृत प्रदान गर्छ । त्यसकै आधारमा सार्वजनक हुन्छ ।
नेपालमा एउटा भ्रमपनि छ, सामाजिक सञ्जालमार्फत थोरै ज्ञान भएकाहरुले पनि भविष्यवाणि गरिरहेको कुरा छन । त्यसलाई नियमनपनियही समितिले गर्छ । के गर्न हुने के गर्न नहुने, धर्म शास्त्रभित्र के के नियमहरु छन् भन्ने बारेमा जानकारी पनि यो समितिले गर्छ ।
अहिले विगतदुई वर्षदेखि हामीले के गरिरहेका छौ भने नेपालमाजतिपनिक्यालेन्डरहरु प्रकाशन हुन्छन्, तीक्यालेन्डरहरु पनि नेपालपञ्चांग निर्णायकविकास समितिसँग स्वीकृत लिएर, दर्ता गरेर निश्चितशुल्कतिरेर मात्रप्रकाशन गर्न पाउने भनेर पनि निर्णय गरेका छौ । यसलाई एउटा शूत्रको रुपमा, एकताबद्ध बनाउनको लागिपञ्चांग निर्णायकविकास समितिले काम गर्ने हो ।
तपाइँहरुले तिथि तोक्दा पनि कुनै समुदायले अघिल्लो दिनमनाउने कुनैले अर्को दिन मनाउने हुन्छ, यो किन यस्तो भएको हो ?
यस्तो कुराहरु धेरै भएका छन् । यस्ता कुराहरुलाई सकेसम्म घटाउने प्रयासमा नै छौ । यो समितिले चाडपर्वहरुको बारेमा निर्णय गर्दैगर्दा तिथिको आधारमा भएर गर्छौ । कुनपर्व कसरी मनाउने भनेर हाम्रो धर्मशास्त्र, ग्रन्थहरु छन् ।ग्रन्थहरुले तोके अनुसार काम गर्ने हो । यो अघिल्लो दिनमनाउने कुनैले अर्को दिनमनाउने भन्ने कुरा मान्छेले नबुझेर हो ।
आफूले गरेकाकर्मबाट राम्रो फलप्राप्त गर्ने हो, त्यसैले राम्रो कर्म राम्रो समयमागर्नुपर्छ ।निदृष्ट समयमागर्नुपर्छ । उपयुक्त समयमा गर्नुपर्छ । त्यसकारण धर्मशास्त्रहरुले कुन समयमकुनकाम गर्ने भनेर भनेको छ, त्यहीसमयमाहामीले गर्नुपर्यो नि । जुनजुन समयमा जे जे काम गर भनेर धर्मशास्त्रले भनेको हुन्छ त्यहितिथिअनुसार निर्णय गरेका हुन्छौं । अहिले मान्छेहरुमा धर्मबारे थोरै ज्ञान भएपनि धेरै कुरा बुझेजस्तो गरिरहेका हुन्छन् । त्यसैले आफ्नो अनुकुलअनुसार चाडवाडहरु मनाउने चलन छ । त्यो धर्मशास्त्रले निदृष्ट गरेअनुसार छैन ।
धर्मशास्त्रले गर भनेको समयमागर्दैनन् । हामीले यसबारेमा निर्णय गर्दैगर्दाखेरि धेरै पुराणहरु, वेदहरुको अध्ययन गरेर मात्र चाडहरु निर्णय गरेका हुन्छौं । अस्तिभर्खर जनैपुर्णिमा मनाउँदापनिविवादजस्तो आयो । जनैपुर्णिमाको दिनकुन बेलामा के गर्ने भनेर फरक फरक समयमाकाम गर्ने गरियो । पछि विज्ञप्ति नैनिकालेर यो विषयमाबोल्नुपर्यो । धर्मशास्त्रले के निदृष्ट गरेको छ भने कुनपर्व मान्दाखेरि कसरी गर्ने ?हामीले दिने साइतहरु पनि धर्मशास्त्रकाआधारमा दिएका हुन्छौं । तर समाजमा धेरै कुरा अध्ययन नगरिकन अल्पज्ञान भएकाव्यक्तिहरुले धर्मग्रन्थलाई आधार मानेर व्याख्या गरिरहनुभएको हुन्छ । त्यसकारण कुनै कुरामापनि नेपालपञ्चाङ्ग निर्णायकविकास समितिले हचुवाको तालमा निर्णय गर्दैन ।
समितिले गरेका निर्णयहरु एकदमै आधारित निर्णयहरु हुन्छन् । कसैले पनियसमादुविधामा रहन जरुरी छैन । अहिले पनिदशैंको साइतको बारेमा अष्ट्रेलियामा र नेपालमाअलिकति फरक छ । किन फरक भयो भन्नुहुन्छ भनेदशमीतिथिलाई धर्मसिन्धुहरुले जसरी भनेका छन् त्यहिअनुसार भन्नुपर्यो । त्यहिअनुसार निर्णय गर्नुपर्यो । निर्णय गर्दैगर्दा अघिल्लो दिन पर्छ कि पछिल्लो दिन पर्छ हेर्नुपर्यो । राजनीतिक निर्णय त होइन नि यो त, यो त टेक्निकल निर्णय हो ।
टेक्निकल निर्णय गर्दैगर्दा कसैलाई आधार मानेर, कसैको मुख हेरेर निर्णय गर्ने कुरा त होइन नि । हामीले गर्नेकर्मले राम्रो फलप्राप्त गर्छौं भनेकर्म राम्रै समयमागर्नुपर्यो नि । दिने साइत धर्मशास्त्रको अध्ययन र विज्ञहरुको सल्लाहमादिने भएका कारण त्यहि समयमा हरेक चाड मनाउन म आग्रह समेत गर्दछु । अल्पज्ञान भएकार सामान्य निर्णय दिन सक्ने व्यक्तिहरुको पछि नलाग्नआग्रह गरेको छ ।
तर, पञ्चाङ्ग निर्णायक समितिले गरेका निर्णयहरु समूदायमानपुग्ने र त्यहाँका स्थानीय ज्योतिषहरुले आफ्नैहिसाबले निर्णय गर्ने गरेको पाइन्छ । ज्योतिषहरुमा एकरुपता देखिदैन । यसकालागि सरकारबाट सञ्चालित समितिले के गरिरहेको छ ?
हो, अहिले अधिकांशज्योतिषहरुले आचारसंहितापालना गरेको देखिदैन । समूदायका सबै पण्डित र ज्योतिषहरुले न्यूनतमआचारसंहितापालना गर्नुपर्दछ । पालन गरिएनभने त्यसरीगर्नेकर्महरु राम्रो हुदैनन् ।ज्योतिषभनेको त समाज र धर्मशास्त्रलाई पनिमार्ग निर्देशन गर्ने माध्यमहो । ज्योतिषीले नै सहीहिसाबले व्याख्या गरेन भने समाजपनिगलतमार्गमा जाने भयो । सहीमार्गमा जानको लागि सहि ज्योतिषीको जानुपर्यो । नेपालपञ्चाङ्ग निर्णायकविकास समितिमापनि केही समस्याहरु छन् ।हामीति समस्याहरु समाधान गर्नेतिर गइरहेका छौं ।
नेपालमा विश्वविद्यालयबाट अध्ययन गरेर आएका ज्योतिषमात्र छैनन् । घर परिवारका पितापुर्खाबाट सिकेर आएका ज्योतिषहरु पनि छन् । विश्वविद्यालय पढेर आएका पिएचडीधारीज्योतिषपनि छन् । सबै ज्योतिषहरुमाएकरुपताल्याउनकुन माध्यमबाट जाँदा ठिक हुन्छ, सो कुरालाईएकरुपताल्याउने प्रयास गरिरहेका छौं । डाक्टरहरु र इन्जिनियरहरुको लाइसेन्स हुने शिक्षकको लाइसेन्स हुने तर ज्योतिषको चाँहीकिननहुने भन्ने प्रश्नहरु उठेका छन् । यस विषयमागम्भीर भएर कामपनि गरिरहेका छौं ।
धेरै ज्योतिषहरुलाई कारबाही समेत गरेका छौं । स्पष्टिकरण सोधेका छौं । ज्योतिषले के भविष्यवाणी गर्न हुने र के नहुने भन्ने विषयमा सरकारले आचारसंहिताबनाएर कार्यान्वयन गर्नुपर्दछ । ज्योतिषहरुले पनिन्यूनतमआचारसंहिताकार्यान्वयन गर्नुपर्दछ । कँहिकतै राज्यमाप्रधानमन्त्रीकाबारेमा भविष्यवाणी गरेको पनि देखेको छु त्यो सजिलो छैन । ज्योतिषभनेको त विज्ञान हो नि । यसले जे भन्छ त्यो समयमाभएकै हुन्छ । सूर्य ग्रहण, चन्द्र ग्रहण, सुर्योदय र सुर्यास्त समयमै हुन्छ । त्यहिभएर आवश्यक अनुसन्धान र अध्ययनविनाभविष्यबाँणी गर्न पाइदैन । यि विषयमानियमन गर्नुपर्ने देखिएको छ । यसमाहामीआवश्यक सरसल्लाह गरेर अगाडि बढेर कामपनि गरिरहेका छौं । जो पायो त्यहिसँगचिना हेराउननजानहुनआग्रहगर्दछु ।
अन्त्यमा नेपाली धर्म संस्कृति, संस्कारले पर्यटन विकासमा कस्तो प्रभाव पार्छ ?
अन्तर्राष्ट्रिय पञ्चाङ्गनिर्णायक समितिले विगतकावर्षदेखि अमेरिका र क्यानाडा पञ्चाङ्गप्रकाशन गरिरहेको छ । यस्तै न्यूजिल्यान्ड र अष्ट्रेलियाको पनिपञ्चाङ्ग निकाल्छौं । त्यस्तै भाइटीकाको साइत, विजयादशमीको साइतपनि३२÷३५ देशको अन्तर्राष्ट्रिय रुपमा रहेकास्थानहरुको साइतहरु लिइरहेका हुन्छौं । ति पाटोमा आउने अन्तर्राष्ट्रिय लेबलमा जस्तै अक्षाशं देशान्तर, त्यहाँको मानवसमय, स्ट्यान्डर समय, सुर्योदयकालिन समयमातिथिकोअवस्था हेरेर पञ्चाङ्ग निर्णय गर्छौं । कतिपयतिथिहरु कहिलेकाहीँ घटबढ भइरहेको हुन्छ, घटबढ भइरहँदादशैं नेपाल र अष्ट्रेलियाको एक दिन अगाडि पछाडि परेको छ । यस विषयमाधेरै अध्ययन गरेर निर्णय गरेका हुन्छौं ।
एउटा ग्रन्थलाई मात्रआधार मानेर निर्णय गर्दैनौं । नेपाल धर्म संस्कृतिको ठूलो धनी देश हो । धेरै संस्कृतिहरु र चाडवाडहरु मनाइन्छ ।शान्तिको प्रतिकबुद्ध जन्मेको देश नेपालभएकाले र पशुपती नाथ जस्ता ठूला शक्तिपीठ भएका कारणले नेपालमाविभिन्न देशमाव्यक्तीहरु भ्रमण गर्न चाहन्छन् । यसैबीच पर्यटन क्षेत्रमापनि राम्रै फाइदा भइरहेको हुन्छ । नेपालभनेको तपोभूमीहो, देवभूमीहो । तप र ध्यानगर्यो भने फलप्राप्त हुन्छ ।
तर नेपालमा गरेको तपध्यान अमेरिका अथवाअन्य देशमाध्यान र तपगर्यो भने फलप्राप्त नहुनसक्छ । विदेशीहरु नेपालमाआएर आफ्नो जन्मदिन मनाउँछन् । पूजागर्छन, राम्रो नजरबाट विदेशीहरु पनि नेपाललाई हेरिररहेका कारणले नेपालको संस्कृति पर्यटनलाई प्रवद्र्धन गरिरहेका छौं ।
विभिन्न ढंगबाट नेपालमाचाँही र्सास्कृतिक, ज्योतिष, धार्मिक रुपबाट नेपालमाविदेशीहरु ल्याउन सक्छौं । नेपाल पूर्ण रुपमाशक्तिप्राप्त गरेको देश हो । देवताको भूमीहो, देवताजन्मेको ठाउँ हो । नेपालमा गरेका कर्महरु पूर्ण रुपमा सफल हुन्छन् । एकमात्रसुर्योदयको देश भनेर नेपाललाई मान्न सकिन्छ किनभने सूर्योदयभन्दा सुरुमा सबैभन्दाअग्लो सगरमाथा नेपालमारहेको छ । वास्तुका हिसावमा पनि नेपालउच्च लेबलमा छ । उच्चलेबलमाभएका कारणले ब्रम्हान्डबाटआउने शक्तिहरु, उर्जाहरु, औराहहरु नेपालमामात्र धेरै प्राप्त गर्न सकिन्छ । नेपालमा गरेका कर्महरु जतिपनि सफलतातिर लाग्न सकिन्छ भने बाहिर गरेका कर्महरुको परिणाम नेपालको रेसियोमा प्राप्त गर्न सकिँदैन ।
त्यसैले पर्यटन प्रवद्र्धनमापनिअन्तर्राष्ट्रिय सभा सम्मेलन पनि गरिरहेका हुन्छौं । आगामीदिनमा नेपालमाअन्तर्राष्ट्रिय ज्योतिष सभा सम्मेलन गर्नेछौं । यसरी कहिले नेपालमा त कहिले बाहिर पनि सभा सम्मेलन गरिरहेका हुन्छौं । विषेशगरी नेपाललाई बढि तार्गेट गरेर नेपालमाअन्तर्राष्ट्रिय सभा सेमिनारहरु ज्योतिष, वास्तु, धर्मशास्त्रका क्षेत्रबाट, समग्र पूर्वदर्शनको क्षेत्रबाट सभा सम्मेलन गरेर पर्यटन प्रवद्धन गरिरहेका छौं । धार्मिक, सास्कृतिक माध्यमबाट स्पेसल टुरिजमबनाउन सक्छौं । यसकालागि सरकार, पर्यटन मन्त्रालय, संस्कृतिमन्त्रालयले यसलाई बढीफोकस गर्यो भने पर्यटन प्रवद्र्धनमा धेरै गर्न सकिन्छ ।
नेपालमा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि धेरै आयामहरु छन् । एउटा आयामज्योतिष क्षेत्र पनिहो । चाडवाडहरु रितीरिवाजहरु, संस्कृतिहरुलाई भड्किलो रुपमानबनाएर राम्रोसँग फल कसरी प्राप्त हुन्छ ?कर्महरुले फलप्राप्त गर्नेगरी कर्महरु गर्नुपर्छ । विकृति सबै क्षेत्रमा छ । विशेषगरी यो विकृतिलाई भित्र्याँउनदिनुहुँदैन । भएको गहनालाई चिन्न जरुरी छ । ज्योतिष र धर्मशास्त्र क्षेत्रलाई हामी सबैले चिन्नुपर्छ ।
-नेपाल न्यूज बैंक