मुख्य समाचार
एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी | भन्सार छलीका समानसहित एक जना पक्राउ | भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध | रेसुंगा माविमा 'नमुना संघीय संसद': विद्यार्थीले गरे वास्तविक संसद्कै शैलीमा अभ्यास | ग्यासको अभाव छैन : निगम | मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार | नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने |

स्रोतको सुनिश्चितता नहुँदा पूर्वाधारका योजनाहरु भद्रगोल

Ujyalosandeshonline 11917+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्रोतको सुनिश्चितता नगरि योजना थप गर्ने परिपाटी नेपालका धेरै पूर्वाधारका योजनाहरु भद्रगोल भएको टिप्पणी गरेकी छिन् ।

बिहीबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद डाँगीले आयोजनाहरुको क्रसचेक गर्ने सरकारी निकायहरु भएपनि आफ्नो काममा जिम्मेवार नहुँदा पूर्वाधार योजनाहरु भद्रगोल भएको बताइन् ।

उनले भने, ‘सबै आयोजनाहरुको क्रसचेक गर्नका लागि सरकारी निकायहरु हुन्छन् । सरकारी निकायहरुले पनि आफ्नो काम राम्रोसँग नगरेको हुनाले पनि धेरै योजनाहरु समयमा सम्पन्न हुन नसकेका हुन् ।  स्रोतको सुनिश्चितता नगरिकन थप गर्ने परिपाटी धेरै नेपालका पूर्वाधारका योजनाहरु भद्रगोल भए । एउटा योजनाको निर्माण कार्य सुरु गरिन्छ । त्यसको स्रोत सुनिश्चितता नगरिकन नयाँ योजनाहरु थप्ने गरिन्छ । त्यसले गर्दा अन्य समस्या भएका हुन् ।’

सांसद डाँगीले कुनैपनि निर्माण योजनामा मुद्दा परेको खण्डमा फास्ट ट्र्याकबाट योजना आउने गरेको उनको भनाइ छ ।

त्यस्तै, पूर्वयातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधारका आयोजनाहरु समयमै सम्पन्न नहुनुमा नीतिगत त्रुटीहरु रहको बताए ।

मन्त्री ज्वालाले सम्बन्धित विकास आयोजनाहरुलाई क्याटेगोराइज गरेर  सम्बन्धीत मन्त्रालयकै जिम्मा लगाउन निर्देशन दिनुपर्ने उनको भनाइ छ ।

उनले बजेटको अभावका कारण कयौं विकास निर्माणका योजनाहरु अलपत्र परेको बताए । उनले भने, ‘योजनाका बजेटको अभाव भएको छ । काम सम्पन्न भएको योजनामा भुक्तानी गर्न नसकिने अवस्था छ । एक रुपैयाँ बजेट नभएको अवस्थामा पनि योजना अगाडि बढाउने प्रवृत्ति गरिएको छ । यसले समस्या पारेको छ ।’

त्यस्तै, समिति सभापति दिपक बहादुर सिंहले कुनैपनि योजनाको टेण्डर लगाउनुपूर्व वातारणीय परीक्षण आवश्यक रहेको बताए ।

उनले भने, ‘योजना जति लम्बियो खर्च त्यति नै लम्बिने हो जस्तो लाग्छ । त्यसैले सरकारले कुनैपनि योजना सञ्चालन गर्नुपूर्व उसको वातारणीय परीक्षण गनुपर्छ, योजना वरिपरिको जंगल, ढल बिजुलीको विवाद सल्टाएर मात्र टेण्डर लगाउनुपर्दछ । यसरी कुनैपनि योजना समयमै सम्पन्न गर्न सकिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार