मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरु बन्द

Ujyalosandeshonline 11768+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बिदा दिइएको छ ।

केही दिनदेखि रौतहट लगायत तराईका विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाले विद्यालयहरु बिदा दिने निर्णय गरेको हो ।

चिसोबाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु प्रभावित भएको भन्दै  चन्द्रपुर नगरपालिकाले  माघ १३ गतेदेखि तीन दिनसम्म नगरभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ  । 

केहि दिनदेखि शितलहर तथा चिसो अत्याधिक बढेको हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सकिने प्रतिकूल असरलाई मध्यनजर राख्दै बर्षे विदाबाट कट्टा हुने गरी माघ १३ देखि माघ १५ गते सम्म विद्यालय बन्द राख्न भएको निर्णयलाई कार्यान्वयन गराउन निर्देशन जारी गरेको नगरप्रमुख संजयकुमार काफ्लेद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ । 

माघ १६ र १७ गते पनि बिदा भएकाले अब विद्यालयहरु माघ १८ गते खुल्ने जनाइएको छ । यसअघि जिल्लाका अधिकाँश पालिकाहरु विद्यालयहरु एक साताको लागि बन्द गरिसकेका छन् ।केहि दिन यता देखि तराई मधेशका जिल्लाहरुमा ह्वातै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार