मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

मकवानपुरमा २३ किलो अवैध गाँजासहित दुई पक्राउ

Ujyalosandeshonline 12552+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध २३ किलो गाँजासहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, कैलास गाउँपालिका–१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका –१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवै जनालाई गाँजासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यस्तै कास्की रुपन्देही लगायतका जिल्लाबाट पनि प्रहरीले शनिबार झन्डै पाँच किलो परिमाण गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

कास्की, पोखरा महानगरपालिका–१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई पनि करिब तीन किलोसहित शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेको थियो । 

शनिबार नै रूपन्देही, बुटवल उपमहानगरपालिका १३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार राती इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लु.२ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित जिपमा सवार तीन जनालाई पक्राउ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार