मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय

Ujyalosandeshonline 12612+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ । मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

उनले भने, ‘आजको बैठक संक्षिप्त भयो धेरै एजेण्डा पनि भएन, पहिलो एजेण्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं । त्यो पालिका सम्मेलनका लागि विधान त पास भई सकेको हो । त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ ।’

यसको साथै, उनले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरु लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए । 

उनले भने, ‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरु लिइएको छ । अहिले सम्म सकारात्मक नै छ भन्ने छ । कतिपय ठाँउमा सुनिश्चित जस्तै छ । बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ ।’ यसको साथै छिटै पार्टीको अर्को बैठक बस्ने पनि उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार