मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पत्रकारहरुद्वारा “बौद्ध सञ्चार यात्रा”

Ujyalosandeshonline 12321+ समाचार ( )
११ पौष २०८१, बिहीबार

भैरहवा ।  भैरहवामा क्रियाशिल पत्रकारहरुले भैरहवा देखि लुम्बिनी सम्म बौद्ध सञ्चार यात्रा सम्पन्न गरेका छन् । “पर्यटनका लागि शान्ती, शान्तीका लागि सञ्चार यात्रा”  भन्ने मूल नारा सहित लुम्बनी प्रेस क्लबको आयोजनामा सञ्चार यात्रा सम्पन्न भएको हो । 

लुम्बिनी प्रेस क्लबले आ¥नो १० औं स्थापना दिवसको अवसर पारी भैरहवा देखि मायादेवी मन्दिर सम्म करिब २४ किलोमिटरको पैदल यात्रा सम्पन्न गरेको हो । लुम्बिनी तथा यस आसपासको पर्यटकिय गतिविधि बढाउन पर्यटन व्यवसायी, होटल व्यवसायी, सुरक्षाकर्मि, बौद्ध भिक्षु, नागरिक अगुवा सहितको करिब १ सय जनाको टोली यात्रामा सहभागी भएको क्लबका अध्यक्ष कमल रायमाझीले जानाकारी दिए ।  “हामी सधै कापी कलम बोक्नेहरु हाम्रो लेख्ने दायित्व मात्र नभई यस क्षेत्रको प्रवद्र्धन गर्नु पनि हो ।” रायमाझीले भने “लुम्बिनी शान्ती भूमि हो र यहि शान्तीको सन्देश फैलाउन यो पदयात्राको आयोजना गरिएको हो । 

पैदल यात्रामा सहभागीहरुलाई स्थानियहरुले ठाउ ठाउमा स्वागत गर्दै जलपानको व्यवस्था गराएका थिए । लुम्बिनीमा लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोष लगायतको संस्थाहरुले स्वागत गरेका थिए । 

मायादेवी मन्दिरमा भिक्षु श्रीबजिरले आधारभूत विपश्यना गराएका थिए । महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गरेका थिए । उनै गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका ) थिए  । उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरेको भिक्षु श्रीवजिरले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पैदलयात्राले बाटोमा दुख भए पनि मायादेवी मन्दिर पुगेर सुखको अनुभुति भएको बताए  । उनले लुम्बिनीसम्मको यात्राले सकरात्मक उर्जा पैदा गरेको बताए । पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दुरीको यात्राले शरीर थाके पनि मनमा थप उर्जा पैदा भएको बताए । ‘पदयात्राले सकारात्मक उर्जासँगै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा प्रचार–प्रसार गर्न मद्दत गरेको छ’, उनले भने सञ्चार यात्रा गर्दा दुःखकष्ट भए पनि मायादेवी मन्दिर प्रवेश गर्दा आध्यात्मिक ऊर्जा पलाएर गजबको शान्तिको अनुभूतिले सबै दुःख पीडा हराएर गएको छ ।” 

आफ्नो स्थापना दिवसको अवसर पारेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित गत वर्ष देखि बौद्ध सञ्चार यात्रा गर्दै आएको लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै