गोदाममा मल छ, किसानलाई छैन

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
११ असार २०८१, सोमबार

भैरहवा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का श्रीपत गडेरियाको खेतमा रहेको बिउँ रोप्नको लागि तयार भएको छ । बिउँ तयार भएकोले नहुदै देखि उनि खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउदै छन् तर उले अहिले सम्म मल पाउन सकेका छैनन्। पालिकाले उलाई कृषक मलखाद बितरण पुस्तिका (पास बुक) बनाएर दिएको छ तर सो पास बुक पाए पछि गत वर्ष उले एक बोरा डिएपी मल मात्र पाएको देखिन्छ ।

गोदाममा आएको मल एउटा देखि अर्को ट्रकमा लोड अनलोड गर्ने मजदुरले पनि मल नपाएको गुनासो गरे। “दैनिक हजारौ बोरा मल आफैले लोड अनलोड गरिरहका छौं।” नाम उल्लेख नगर्ने शर्तमा उले भने “तर आफैलाई मल चाहिदा भारतबाट चोरले झै मल ल्याउनु परिरहेको छ।”

यो समस्या रुपन्देहीका यी दुई किसानको मात्र हैन अहिले प्राय सबै कृषकहरु मलकै लागि भौतारिरहेका छन्।एक बोरा मलको आशमा किसान भौतारि रहदा भने कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा भने हजारौ बोरा डिएपी, युरिया र पोटास मल मौज्दात रहेको छ।तर गोदामको यो मल किसानको लागि “ल्हासामा सुन छ, कान मेरो बुच्चै” सरह भएको छ।अर्थात हजारौ बोरा मल हुदा पनि यो मल कृषकको पहुँच समम पुग्नै सकेको छैन।

सरकारले मल प्रयाप्त रहेको भन्छ तर खै म एक बोरा मलको लागि महिनौ देखि धाईरहेको छु।” श्रीपतले भने “मलको लागि भागदौड गरिरहु कि खेत रोप्न जाउ दोधार भयो।”

श्रीपतकै जस्तै गुनासो छ राम बहादुर थारुको पनि,ले पनि समाचारमा प्रयाप्त मल रहेको सुनेको तर समाचारमा आए जस्तो मलको उपलब्धता नरहेको बता।“अहिले सम्म एक मुठी पनि मल पाएको छैन, खै कसरी रोप्ने हो खेत।” उले भने “हामीलाई अहिले समयमा मलखाद र बिउविजन दिए पनि प्रयाप्त हुन्छ।”

किसानहरुले मल नपाएको गुनासो गरिरहदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रवन्धक बल बहादुर पन्थले भने गत वर्षहरुको जस्तो मलको अभाव नरहेको दावी गरे।“विगत वर्षहरुको तुलनामा यस वर्ष किसानहरुले मल नै नपाएको अवश्था छैन।” उले भने “अहिले पनि मल आउने क्रम जारी रहेकोले अवश्था अझै सहज हुदै जानेछ।”

पन्थले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा अहिले ६ हजार ६ सय ६८ मेट्रिक टन युरिया, १ सय ७७ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेका छन्।दाङको लमहीमा २२ दशमलव ५ मेट्रिक टन युरिया, १ सय ८९ दशमलव ८ मेट्रिक टन डिएपी, घोराहीमा ८ सय ४ दशमलव ५५ मेट्रिक टन युरिया, २ सय ३२ दशमलव ९ मेट्रिक टन डिएपी र तुलसीपुरमा २ सय २६ दशमलव ८ मेट्रिक टन युरिया तथा ३ सय ६४ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको छ।

पाल्पामा १ सय ९ दशमलव ७ मेट्रिक टन युरिया, ४६ दशमलव ६ मेट्रिक टन डिएपी मौज्दातमा छ।तौलिहवामा ३ सय ७२ दशमलव ५ मेट्रिक टन युरिया, ४ सय ९७ दशमलव २ मेट्रिक टन डिएपी र बहादुरगञ्जमा १ सय ६१ दशमलव १ मेट्रिक टन युरिया र १ सय ८४ दशमलव ९ मेट्रिक टन डिएपी मौज्दात रहेको पन्थले जानकारी दि

परासीमा २५ दशमलव ७ मेट्रिक टन युरिया र २ सय १३ दशमलव ८ मेट्रिक टन डिएपी, गुलरियामा ५ सय ९२ मेट्रिक टन युरिया तथा १ सय ४२ मेट्रिक टन डिएपी एवम नेपालगञ्जमा १ सय ९९ दशमलव १ मेट्रिक टन युरिया र १ सय ११ दशमलव ७ मेट्रिक टन डिएपी मौज्दातमा रहेको छ।

गोदाममा रहेको मलहरुलाई सम्बन्धित विक्री केन्द्रहरुका भने पठाईरहेको पन्थ दावी गर्छन। “मलखाद बिक्रिको लागि पालिका स्तरिय कोटा निर्धारण गरिएको हुन्छ, सोही अनुसार पठाईदै छ।” उले भने “कर्णाली र सुदूरपश्चिम सम्म यहिबाट मल आपूर्ति हुदै आएको छ।”

पन्थले अहिले पनि मल आउने क्रम जारी रहेको बता।उले ९ हजार ५ सय मेट्रिक टन युरिया र ८ हजार मेट्रिक टन डिएपी आउने क्रममा रहेको बता

 लुम्बिनी प्रदेशमा करिब ९ प्रतिशत रोपाई

समयमा बर्षा नहुदा लुम्बिनी प्रदेशमा रोपाई ढिलो हुन पुगेको छ।सिंचित क्षेत्रमा रोपाई भए पनि आकाशे र्षाको भरमा रहेका किसानहरुले अझै पनि खेत रोप्न सकेका छैनन्।

लुम्बिनी प्रदेशको १२ वटा जिल्लाहरु मध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया जस्ता तराईका जिल्लाहरु धान खेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन्।असारको ९ गते हुदा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाई हुन सकेको छैन्।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको जम्मा  ८ दशमलव ८५ प्रतिशत मात्र रोपाइँ भएको छ।प्रदेशका १२ जिल्लामा गरी कुल ३ लाख ११ हजार ४३ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।यसमध्ये अहिलेसम्म २७ हजार ५ सय ६९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

सबैभन्दा बढी प्यूठानमा धान रोपाइ भएको छ।यहाँ ६ हजार ५ सय २५ हेक्टरमध्ये ७४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।यस्तै, रोल्पामा ४ हजार ५ सय ९५ हेक्टर मध्ये ४२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।रुकुमपूर्वमा ९ सय ६२ हेक्टर मध्ये ३ प्रतिशत, पाल्पामा ८ हजार २ सय ४० मध्ये २ प्रतिशतमा रोपाइँ सकिएको छ।

पश्चिम नवलरासीमा २० हजार ४ सय ८० हेक्टर मध्ये ४५ प्रतिशत, रुपन्देहीमा ६३ हजार ४ सय ९७ मध्ये ३ प्रतिशत, कपिलवस्तुमा ६९ हजार ४ सय ८० हेक्टर मध्ये १ प्रतिशत, दाङमा ३७ हजार २ सय २५ हेक्टर मध्ये ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ।बाँकेमा ३४ हजार ८ सय ५० मध्ये ० दशमलव ०१ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको छ, बर्दियामा ५० हजार १ सय हेक्टर ११ दशमलव ५ प्रतिशत, गुल्मीमा ७ हजार ९ सय ८८ मध्ये ७ प्रतिशत र अर्घाखाँचीमा ७ हजार ७ सय १ हेक्टर मध्ये ८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

सबै भन्दा बढी धान रोपाई हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ्ग र बाँके जस्ता जिल्लाहरुमा अझै पनि अधिकांश खेतहरु बाझै रहेका छन् ।

लुम्बिनीमा कुल खेतीयोग्य जमिन ५ लाख ३९ हजार ४ सय ४३ हेक्टर रहे पनि धान खेती ३ लाख ११ हजार हेक्टरमा हुने गरेको छ।सरदर ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा २ लाख ७६ हजार ८ सय १९ हेक्टर क्षेत्रफल मात्र सिंचित क्षेत्रफलको रुपमा रहेको छ।

कुल ग्राहस्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९ सय ८२ कृषक परिवार संख्या रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार