मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता

Ujyalosandeshonline 12552+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो ।

पोखरा-८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए । पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन् । हराएपछि मात्रै थाहा पाए ।

घटनालगत्तै उनले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोला भारत घर भई पोखरा-३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लाग्यो ।

पैसाको झोला फेला पारेका शर्माकै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार