मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

Ujyalosandeshonline 12457+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राकेश कुमार चौधरीले सम्हालेका छन् । चौधरीलाई आइतबार रोहिणी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारीलगायतले स्वागत गरेका छन् । यसअघि उनले सम्मरीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

सरुवा भएर रोहिणीमा आएका चौधरीलाई गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता वीर बहादुर क्षेत्री, शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे, वडा सदस्यहरु र गाउँपालिकामा कार्यरत कर्मचारीहरुले स्वागत गरेका छन् ।

सो अवसरमा बोल्दै प्रमुख प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफू यस्तै गाउँठाउँमा हुर्किएकाले नयाँ ठाउँमा आए जस्तो अनुभुति नभएको बताए । उनले भने, ‘केही गर्न सक्छु जस्तो लागेको छ । तपाईहरु सबैको सहयोग हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको छु । यसअघिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम सरको राम्रो विचारलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उनले गाउँपालिकाको विकासका लागि अघि बढ्ने बताए ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिका राम्रो र इतिहास बोकेको गाउँपालिका भएको बताए । उनले भने, ‘सबैको सोच गाउँपालिकाको विकास गर्नुपर्छ भन्ने हो । नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न र कार्यालयको कामलाई व्यवस्थित गर्न म निर्देशन दिन चाहन्छु । ’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले भने, ‘यहाँको कार्यकाल सुखद र सफल रहोस् । गाउँपालिकाबासीले सम्झिने खालको काम गर्नहुनेछ भन्नेमा विश्वस्त छौं । ’ उनले रोकिएका योजनाहरु सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार