मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

गृह मन्त्रालयमा २ अर्व ३६ करोड १२ लाख बढी बेरुजु फर्छयौट

Ujyalosandeshonline 12679+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं ।  बेरुजु फर्छयौट गरी बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ । गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आ व २०८१÷०८२ मा हालसम्मकै उच्च रु २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट तथा गरेको छ । अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छयौट बाँकी रहेको थियो । 

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासन को सक्रियताले सम्परीक्षण र बित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए ।

मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सम्परीक्षण तथा फर्छयौट प्रगति ६३.१७ प्रतिशत रहेको छ । ‘चालु आर्थिक बर्षमा अब रु १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ’ । आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने । कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फच्र्यौटमा लागेको छ ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१÷ ०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन् । ‘आर्थिक बर्ष २०७८÷०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो ।’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ ’ मन्त्रालयले बेरुजु फच्र्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितिले विगत बर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समिक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्वन्धीत निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फच्र्यौट, सम्परीक्षण र बित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार