मुख्य समाचार
ओमानसँग नेपाल ए टोली पराजित | मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर | गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने | गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ |

ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

Ujyalosandeshonline 11044+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । यसैगरी इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६ रन बनाए ।

नेपालका तीब्र गतिका बलर करण केसीले ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २–२ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले १–१ विकेट लिए । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १–१ विकेट लिए । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । 

पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । अब नेपालले आइसीसीको वार्मअप म्याच खेल्ने छ । विश्वकप जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा सुरुहुने छ । नेपालले जुन ४ तारिखमा नेदरल्याण्डससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार