मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

रवि लामिछाने थुनामै रहने, बैंक जमानतमा रिहा गर्न अदालतको अस्वीकार

Ujyalosandeshonline 12679+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामै रहने भएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बैंक जमानतमा रिहा हुन दिएको निवेदन जिल्ला अदालत रूपन्देहीले अस्वीकार गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई तत्काल जमानतमा रिहा गर्न नमिल्ने आदेश दिएको हो । लामिछानेले आफ्नो भागमा पर्ने बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी दाखिला गर्दै तारेखमा रिहा गर्न माग गरेका थिए ।

अदालतले सहकारी ऐन, २०७४ र संगठित अपराध ऐन, २०७० अनुसार सजायको माग दावी गरिएको, लामिछाने उपरको बिगो यकिन भइनसकेको र मुद्दामा साक्षी तथा प्रमाण बुझ्ने कार्य बाँकी रहेको अवस्थामा बैंक ग्यारेन्टी लिएर तारेखमा राख्ने अवस्था नदेखिएको जनाएको छ ।

लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले उनीबाट प्रमाण नष्ट हुने वा भाग्ने सम्भावना नरहेको र जननिर्वाचित प्रतिनिधि भएकाले बैंक जमानतमा छाड्नुपर्ने जिकिर गरेका थिए । सरकारी वकिलहरूले भने तत्काल प्राप्त प्रमाण र ऐनका आधारमा लामिछानेलाई जमानतमा छाड्न नहुने तर्क गरेका थिए ।

लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् । यसअघि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार