मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सिमरामाको घटनाबारे नागरिक समूहले भन्यो : निर्वाचन खतरामा पर्न सक्छ

Ujyalosandeshonline 11768+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

काठमाडौं । बाराको सिमरामामामंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामीफागुन २१ गते निर्धारित निर्वाचनमाप्रतिकूल असर पर्नसक्ने चेतावनीदिएको छ ।

नागरिक समूहकाअध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजकगतिविधि देखिनु लोकतान्त्रिकप्रक्रियामै आघात पुगेको उल्लेख छ ।

सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमाभएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामाक्षतितथादुवै पक्षबाट देखिएकाअसजिलाव्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ ।

जेन–जी समूह र दलहरू दुवैलाई संयमितहुनआग्रह

विज्ञप्तिमा जेन–जी समूहकानाममाकुनै दललाई लक्षित गरी निषेधात्मककदमचाल्नु लोकतान्त्रिकप्रतिस्पर्धामाथिको प्रहार भएको टिप्पणी गर्दै, यस्तो आचरणले अवस्थाझन् जटिल बन्ने चेतावनीदिइएको छ। त्यसैगरी राजनीतिकदलहरूले पनिप्रतिवादकानाममातनाव बढाउने कार्य नगर्न आग्रह गरिएको छ।

‘संवेदनशील सुरक्षा परिस्थितिबिग्रिएफागुन २१ मा शान्तिपूर्ण निर्वाचन सम्भव नहुन सक्छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘जसले मुलुकलाई राजनीतिकशून्यतामाधकेल्न सक्छ ।’

संवाद, संयमता र संवैधानिकमार्गतर्फ फर्कन आह्वान

नागरिक समूहले सरकार, राजनीतिक दल तथा जेन–जीयुवाहरूलाई लोकतान्त्रिकमूल्य, संवैधानिकहक र शान्तिपूर्ण अभ्यासप्रति स्पष्ट प्रतिबद्ध हुनआग्रह गरेको छ । चुनावतोकिएपछि राजनीतिकदलहरूको गतिविधि बढ्नु स्वाभाविकभएपनि उक्साहट, भिडन्त र तनाव बढाउने गतिविधिबाट टाढा रहनु आवश्यकभएको समूहको निष्कर्ष छ। जेन–जीयुवाहरूलाई पनि संविधानले दिएको अधिकारको सम्मानगर्दै शान्तिपूर्ण अभिव्यक्तिकै बाटो अपनाउन सन्देश दिइएको छ।

सरकारलाई निष्पक्षनिर्वाचनकालागि कडाइका साथतयारी गर्न सुझाव

नागरिक समूहले आगामीफागुन २१ मै शान्तिपूर्ण र निष्पक्षचुनाव गराउनु सरकारको ऐतिहासिकदायित्वभएको उल्लेख गर्दै तत्काल राजनीतिकदलहरूबीच संवाद, चुस्त सुरक्षाव्यवस्था र अनावश्यकदमननगर्ने नीतिअपनाउन सुझावदिएको छ।

‘देशले भर्खरै ठूलो राजनीतिक परिवर्तन अनुभव गरेको छ। अहिलेका तनावपूर्ण घटनाले भविष्यमा दोहोरिन नदिन सबै पक्षले आत्मसमीक्षागर्दै जिम्मेवार अभ्यास गर्न आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ । समूहले परिस्थितिलाई सहजबनाउँदै लोकतान्त्रिकप्रक्रियाको रक्षा र निर्वाचन सफलबनाउन सबै पक्षसँग संवाद र सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार