मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

‘ओमसतिया न्यूज फेस्टिवल’ सम्पन्न: शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा जोड

Ujyalosandeshonline 12444+ समाचार ( )
१८ असार २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको विकास, सम्भावना र समृद्धिका योजनामा केन्द्रित रहँदै ‘ओमसतिया न्यूज फेस्टिवल’ सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजना तथा गाउँपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, अगुवा र सञ्चारकर्मीहरू बीच पालिकाको समग्र विकासका विषयमा विस्तृत बहस भएको थियो ।

बहसमा भाग लिँदै गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादवले पालिकालाई शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा समृद्ध बनाउन निरन्तर काम भइरहेको दाबी गर्नुभयो । विगत चार वर्षमा नागरिकलाई सुशासनसहितको सेवा प्रवाह गरिएको र धार्मिक तथा ऐतिहासिक सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय विकासतर्फ लैजाने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै, उपाध्यक्ष सुनिता चौधरीले न्यायिक समितिको कार्यसम्पादन, अनुगमन, सडक कालोपत्रे र लक्षित वर्गका लागि सीप विकासका कार्यक्रमहरू टीमवर्कका साथ प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले स्वास्थ्य क्षेत्रमा पालिकाको कार्यसम्पादन अब्बल रहे पनि शिक्षा क्षेत्रमा सोचे जस्तो सुधार हुन नसकेकाले अब नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सहभागी पत्रकार सरु राना मगर, कृषक सीता चौधरी तथा अन्य सञ्चारकर्मीहरूले कृषिमा आधुनिकीकरण, मल, बीउ, सिँचाइको व्यवस्थाका साथै शिक्षा र स्वास्थ्यको पहुँचलाई अझ सुदृढ बनाउन पालिकाले आफ्नो कार्यशैली र योजनामा व्यापक सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमका संयोजक दीपक घिमिरे र लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले प्रचारप्रसारको अभावमा ओझेलमा परेको ओमसतियाका समस्या र सम्भावनालाई उजागर गर्न यो फेस्टिभल आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रमको निष्कर्ष स्वरूप वक्ताहरूले ओमसतिया गाउँपालिकाले आगामी दिनमा खस्कँदो शैक्षिक स्तर सुधार्न विशेष प्याकेज ल्याउनुपर्ने, स्वास्थ्य सेवालाई जनमुखी बनाउनुपर्ने, कृषिको बजारीकरण गर्नुपर्ने र स्थानीय पर्यटनका सम्भावनाहरूलाई उजागर गर्दै भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार